अनुगमन अभावमा अवैध उत्खनन जारी, प्रहरीलाई टेरेनन तस्करले



गोकुल घोरसाइने, बारा
जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटेको टोलीले अवैध रुपमा बालुृवा उत्खनन गर्दै गरेको अवस्थामा बिहिबार निजगढ नपा ८ स्थित बकैया खोलाबाट २ वटा टयाक्टर नियन्त्रणमा लिएर कारवाही शुरु गरेको छ ।

अवैध उत्खनन आरोपमा ४ वटा ट्याक्टर नियन्त्रणमा लिएर कारवाही गरेको दुई सातापछि बित्न नपाउदै प्रहरीले पुर्वपश्चिम राजमार्गमा पर्ने बकैया खोलाबाट ना.३ त ३२२९ र ना.५ त ५०७४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरी पुगेको खबर पाएपछि ट्याक्टर छोडेर जंगलतर्फ भागेकाले प्रहरीले चालक र बालुवा लोड गर्ने मजदुरहरुलाई भने पक्राउ गर्न भ्याएन ।

निषेधित अवधिमा पनि क्रसर उद्योग र व्यवसायीले मिलिमतोमा खोला बगरबाट उत्खनन तिब्र पारको गुनासो बढिरहेको बेला प्रहरीले यो महिनामा मात्र ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । सरकारले हरेक बर्ष असार महिनादेखि भाद्र मसान्तसम्म खोलाबगरबाट नदीजन्य पदार्थ उत्खनन र संकलनमा रोक लगाउदै आएका छ । उचित दण्ड र प्रभावकारी गस्ति एंव अनुगमन अभावमा निषेधित अवधिमा पनि जिल्लाका खोला बगरबाट तस्करी जारी रहेको हो ।

‘एक दिन आएर प्रहरीले समाउछ, निजगढका एक स्थानीयले भने, अर्को दिनबाट फेरि धन्दा शुरु भइहाल्छ ।×’ उनले बकैया खोलाबाट बर्षभरी नै उत्खनन हुने गरेको र अहिले पनि दिनहु“ सयौं ट्याक्टरबाट गिटी, बालुवा र ढुङ्गा संकलन हुदै आएको सुनाए । व्यवसायीले निजगढ नपा पुर्वको धन्सार र बकैया खोलाको तल्लो भागबाट उत्खनन तिब्र पार्दैै आएका छन । बिहानी, साझ र रात्रि समयमा प्रहरी र वन कर्मचारीको आ“खा छलेर गिटी, बालुवा र ढुङ्गा उत्खनन हुदै आएको स्थानीयको भनाई छ । निजगढ नगरपालिकाभित्र मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग, जिल्ला विकास समितिका ठेकेदार र ढुङ्गा, गिटी, बालुवा व्यवसायीले बकैया, धन्सार, पसाहा र बालगंगा नदीबाट टयाक्टर, पिपर, ट्रकबाट नदीजन्य पदार्थको अवैध उत्खनन जारी राखेका हुन ।
प्रभावकारी अनुगमन र दण्ड सजाय व्यवस्था अभावमा निषेधित अवधिमा जिल्लाबाट नदीजन्य पदार्थको तस्करी मौलाएको हो । सरकारले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला अनुगमन समितिलाई खोला बगरबाट हुने अवैध उत्खनन नियन्त्रणको जिम्मा लगाएको छ । समितिमा जिविस, वन, सडक र जिल्ला प्रहरी कार्यालय प्रतिनिधि सदस्य रहने व्यवस्था भए पनि आवश्यक समन्वय अभावमा समितिले प्रभावकारीहरुमा काम गर्न सकेको छैन । समिति पनि व्यवसायीहरुको अनुचित प्रभावमा रहेको र मिलिमतो उत्खनन हुने गरेको सर्वसाधारणको गुनासो पनि छ । निजगढ नगरपालिकाभित्र मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग, जिससका ठेकेदार र ढुङ्गा, गिटी, बालुवा व्यवसायीले बकैया, धन्सार, पसाहा र बालगंगा नदीबाट ट्याक्टर, पिपर, ट्रकबाट नदीजन्य पदार्थको अवैध उत्खनन र संकलन गर्दै आएका हुन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे ढुङ्गा, गिटी र बालुवा तस्करी नियन्त्रण प्रहरीको जिम्मेवारी भित्र नपर्ने बताउछन । ‘तोकिएको जिम्मेवारी पनि होइन र कारवाही गर्ने अधिकार पनि छैन, उपरीक्षक घिमिरेले भने, गुनासोको आधारमा नियन्त्रणमा लिएर बुझाइ दिने मात्र हो ।×’ उनले प्रहरीले नियन्त्रणमा लिएको साधन जिल्ला समन्व समितिको जिम्मा लगाइ दिने र समितिले बढीमा प्रति ट्याक्टर १० हजार रुपैया जरिवानामा छोडिदिने गरेको पनि जानकारी दिए ।

 

निमित्त प्रमुख जिल्ला अधिकारी मुकेश केशरी समितिले जथाभावी उत्खननमा कडाइ गरेको बताउछन । निषेधित अवधिमा उत्खनन नगर्न बारम्बार जानकारी गराइएको छ, केशरीले भने, अटेर गर्ने जो कोहीमाथि पनि नियम अनुसार कारवाही हुन्छ ।’ सरकारले बाढी, पहिरोको जोखिम र धनजनको क्षेति बढाउने भन्दै बगरबाट बर्षायामका ३ महिना ढुङ्गा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ संकलनमा रोक लगाउदै आएको छ । घरायसी प्रयोग प्रयोजनको लागि भने निषेधित अवधिमा पनि नदीजन्य पदार्थ संकलन गर्न सकिने व्यवस्था रहेको र यो सुविधाको पनि दुरुपयोग गर्दै अधिकांशले क्रसर उद्योगमा पुर्याएर बिक्री गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्