जाजरकोटका स्थानीय तहमा कर्मचारी नहुदा सेवा प्रवाहमा समस्या



दिपेन्द्र शर्मा, जाजरकोट ।

जाजरकोटका स्थानीय तहमा कर्मचारी समयमा कर्मचारी नपुग्दा कार्यालयवाट सेवा दिन समस्या भएको जाजरकोटका जन प्रतिनिधिहरुले वताएका छन् । कर्मचारीको अभावमा जिल्लाका ३ नगरपालीका र ४ गाँउपालीकाका कतिपय स्थानमा सयुक्त वडा कार्यालय संचालन भएका छन । जिल्लाका केही वडाहरुमा वडा कार्यालयको आवश्यक व्यवस्थापन भैरहेको छ ।
सरकारले कृषि ,पशु , महिला तथा वालवालिका कार्यालय ,वन , जिल्ला समन्वय समिति , सिचाई स्वास्थ्य लगाएतका कार्यालयमा कार्यरत जन शक्तिलाई विभिन्न स्थानीय तहमा खटाएर पठाइसककेको छ । तर अझै आवश्यक प्रक्रिया पुरा नभएको तथा विभिन्न समस्या देखाएर स्थानीय तहमा कर्मचारी पुग्न सकेको छैनन । सरकारले समयमा स्थानीय तहमा कर्मचारी नपठाउदा स्थानीय स्तरमा सेवा प्रवाह गर्न समस्या भएको कुशे गाँउपालीका अध्यक्ष हरिचन्द्र वस्नेतले वताए । “कर्मचारी अभावमा एउटै वडा सचिवले ५ वटा वडा सम्म हेनुपर्छ , कसरी सवैको काम गरेर जनतालाई सेवा दिन सकिन्छ , एउटा सचिवले ५ वडाका अध्यक्ष संग काम गर्नु पर्छ , यसले गर्दा जनतालाई दिने सेवा प्रवाहमा समस्या हुन्छ ” उनले भने । भौगोलिक विकटताका कारण स्थानीय तहमा कर्मचारी जान नमाने पछि काम गर्न निकै समस्या भएको अध्यक्ष वस्नेतले वताए ।

प्रतिक्रिया दिनुहोस्