ट्राफिकलाई नियम लाग्दैन



 

नियम कानुन भनेको जनताले मात्रै मान्नुपर्ने हो र भन्या। नियम कानुन त सबैले पालना गर्नुपर्ने हो तर नेपालमा यस्तो हँुदैन। सडकमा आजभोलि सरकारी र ट्राफिक प्रहरी सवारीसाधनलाई हेर्ने हो भने उनीहरूले केही नियम मान्नुपर्ने रहेनछ।

सर्वसाधारणका गाडीमा बत्ती बल्छ कि बल्दैन भनेर चेक गर्न लगाउने ट्राफिक प्रहरीको गाडीमा त्यस्ता कुनै बत्ती नहुँदा राजधानीमा दुर्घटना बढेको गुनासो धरहराले सुनेपछि के रहेछ भनेर यसो ट्राफिक प्रहरीको सवारीसाधनमा नजर लगाएको साँच्चीकै ट्राफिक प्रहरीका सवारीमा संकेत लाइट भत्केको देखेपछि यो मुलुकमा जसले जे गरे पनि हुने रहेछ भन्ने निष्कर्षमा धरहरा पुगेको छ। जो अगुवा उनी के भने झै ट्राफिक प्रहरीलाई कस्ले कारबाही गर्ने लौन यसको जानकारी कसैसँग छ भने जानकारी पाऊँ है।

प्रतिक्रिया दिनुहोस्