मारुती सिमेन्टको नयाँ योजना



 

काठमाडौं, (नेस)
मारुती सिमेन्टले ग्राहकका लागि ‘१२ मा ६’ नयाँ योजना ल्याएको छ। यो योजनामा सहभागी हुने ग्राहकले एकपटक किनेको कुपनबाट ६ पटकसम्म उपहार विजेता बन्न पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजनामा सहभागी बन्न ग्राहकले एकपटकमा १२ बोरा मारुती सिमेन्ट किन्नुपर्नेछ। ‘यसरी सिमेन्ट किनेपछि स्क्र्याच कुपन दिइनेछ र उक्त कुपन स्क्र्याच गरी सियोर सट उपहारमा तत्काल २० देखि ५० रुपियाँ नगद छुट पाउनेछन्,’ विज्ञप्तिमा भनिएको छ। कम्पनीका अनुसार कुपनमा ग्राहकले एउटा युनिक कोड पनि अंकित गरिएको हुन्छ र उक्त कोड ३२०४८ मा एसएमएस गरेर पठाउनुपर्नेछ।

कम्पनीका अनुसार उक्त कुपनबाट ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी जे फाइभ मोबाइल, हरेक साता थाइल्यान्ड भ्रमण, हरेक महिना बजाज एभेन्जर बाइक र बम्पर उपहारमा १५ तोला सुन उपहार पाउनेछन्। साथै मेगा बम्पर उपहारमा एकजना भाग्यशाली ग्राहकले रेनोको क्विड कारसमेत पाउने कम्पनीले जनाएको छ।

यस योजनाबाट ग्राहकले अधिक भन्दा अधिक लाभ लिनु हुने र मारुती सिमेण्टसँगको सम्बन्धलाई अझ एक कदम अगाडी बढेर मजबुत बन्ने मारुती सिमेण्टका ब्राण्ड मानेजर राजु श्रेष्ठले बताउनु्भयो।

प्रतिक्रिया दिनुहोस्