आजीवन कारावास भोग्दै सिरियल किलर महिला



 

लन्डन, (एजेन्सी)
मानसिक रूपमा विक्षिप्त सिरियल किलर जोन्ना डेन्नही नामक महिलाले बेलायतको कारगारमा तीन जना पुरुषलाई मारेको अभियोगमा आजीवन कारवास सजाय भोगिरहेकी छिन्। गिरफ्तार पर्दासम्ममा उनी अन्य दुई जना पुरुषलाई पनि मार्ने प्रयास गरेकी थिइन्।

डेन्नहीले सन् २०१३ को मार्चमा लुकास्ज स्लावोस्जेवस्की, केभिन लि र जोह्न च्यापम्यान नामक पुरुषलाई दश दिनको अवधिमा पिटरवोरोग वरपर हत्या गरेकी थिइन्। क्याम्ब्रिजसायरको विकट खोंचमा तिनीहरूको लास भेटिएपछि प्रहरीले उनको व्यापक खोजिगरेको थियो।

तर ड्राइभ गर्दै लास भेटिएको स्थानभन्दा १ सय ४० माइल पर हेरफोर्ड पुगिसकेकी उनले बाटोमा कुकुर डोर्याउँदै गरेका दुई जना पुरुषलाई पनि छुरा प्रहार गर्न भ्याइसकेकी थिइन्। तर भाग्यवश ती दुवै पुरुषको भने ज्यान जोगिएको थियो। सन् १९८२ मा हर्टफोर्डसायरको सेन्ट अल्वान्समा जन्मेकी उनी हर्टफोर्डसायरकै हार्पेन्डेनस्थित एउटा घरमा हुर्केकी थिइन्।

विद्यालयमा नियमित रूपमा हकी र नेटबल टिममा सहभागी रहँदै आएकी तथा दुई सन्तानकी आमा उनी सिरियल किलर बन्लिन् भनेर कसैले कल्पना पनि गरेको थिएन। तर अनुसनधान पछि उनीमा थुप्रै मानसिक असन्तुलन र समाज विरोधी भावना भेटियो। पर्सनालिटी डिसअर्डको शिकार रहेकी उनीमा दुःख, चोट र पीडाबाट योन उत्तेजना प्राप्त गर्ने रोग पाराफिलिया स्याडोमासोचिज्म पनि फेला परेको छ।

विगतमा पनि सानातिना अपराधमा पक्राउ परिसकेकी उनी माथि प्रहरीले निरन्तर निगरानी राख्दै आएको थियो। तर उनी बेलायतकै एक कुख्यात हत्यारा बन्न पुग्लिन् भनी कसैले सोचेकै थिएन। उनको पहिलो शिकार ३१ वर्षीय पोलिस नागरिक लुकास्ज स्लावोस्जेवस्की भएका थिए।

भेटेको केही दिनमै उनले लुकास्जलाई पिटरवर्गको ओर्टन गोल्डस्थित एउटा घरमा हत्या गरेकी थिइन्। लुकास्जले आफ्ना साथीहरूलाई आफूले एक बेलायती युवती भेटाएको बताएका थिए। उनी यौन सम्पर्कको आशामा डेन्नहीलाई भेट्न पुगेको अनुमान गरिएको छ। उनले लुकास्जको मुटुमा छुरा रोपेर हत्या गरेकी थिइन्। एउटा ठेलामा राखेर लास फाल्न लग्ने क्रममा उनले एक अपरिचित किशोरीलाई लाश देखाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्