पाठ्यपुस्तक माग गर्ने विद्यार्थी थुनापछि रिहा



 

भक्तपुर, १२ साउन । पाठ्यपुस्तक छपाइमा ढिलाइ एवम् दुर्गम क्षेत्रमा अझै पुस्तक नपुग्नाका कारणसहित पुस्तक सबै ठाउँमा पु¥याउन माग गर्ने विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरी छाडेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा पुगेर तीन दिनअघि ज्ञापनपत्र बुझाए पनि जवाफ नदिएको भन्दै विद्यार्थीले आज धर्नासँगै विरोध गर्न थालेपछि महानगरीय प्रहरी वृत्त थिमिले चार विद्यार्थीलाई पक्राउ गरी दुई घण्टापछि छाडेको हो ।

राष्ट्रवादी विद्यार्थी संघले तीन दिनअघि सबै ठाउँमा पुस्तक पु¥याउन माग गर्दै दिएको ज्ञापनपत्रको जवाफ माग्दै शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले लाठी बर्साएको संघका अध्यक्ष उज्वल पोखरेले बताउनुभयो । प्रहरीले संघका अध्यक्ष उज्ज्वल पोखरेलसहित चार जनालाई पक्राउ गरेको थियो ।
केन्द्रका कर्मचारीले भने धर्नाका नाममा केन्द्रमा तोडफोड गर्दै तालाबन्दी गर्न खोजिएपछि प्रहरीको सहरा लिइएको जिकिर गरेका छन् । केन्द्रमा संघ आबद्ध विद्यार्थी र प्रहरीबीच केहीबेर झडपसमेत भएको कर्मचारीको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले भने विद्यार्थीसंँग झडप नभएको जिकिर गर्दै तोडफोड र तालाबन्दी गर्न लागेपछि केही विद्यार्थीलाई नियन्त्रणमा लिएर छाडिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्