चितुवाको छालासहित तीन पक्राउ



 

भक्तपुर, १२ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आज भक्तपुरबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का जीवन तामाङ, दोलखा तामाकोशी गाउँपालिका–२ का सुरेन्द्र पाख्रिन र दोलखा भिमेश्वर नगरपालिका ९ का सिंहवीर तामाङ छन् ।

सूर्यविनायक नगरपालिका–९ पलासेस्थित वाटर किङ्डम रिसोर्टबाट चितुवाको छाला एक थानसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्