६ सय ३५ प्रयोगकर्तालाई प्रहरी परामर्श, २ सयकारोबारी प्रहरी फन्दामा



हेटौंडा, (नेस) । मकवानपुर प्रहरीले लागुऔषधदुव्र्यसन न्यूनीकरणका लागि परामर्श सेवाजारी राखेको छ । जिल्लाकाविभिन्न स्थानमापक्राउ परेकाप्रयोगकर्तालाई जिल्लाप्रहरी कार्यालय हेटौंडा ल्याएर आवश्यक परामर्श दिएर आफन्तवा रिकभरिङ सेन्टरलाई बुझाउने गरिएको छ ।

वैशाखदेखि हालसम्म १ सय ६५ जनाप्रयोगकर्तालाई परामर्श दिइएको छ । लागुऔषधप्रयोग गरिरहेको अवस्थामा फेला परेकालाई प्रहरीले परामर्श दिँदै आएको छ । प्रहरी तथ्यांकअनुसार आव २०७३÷०७४ मा ६ सय ३५ प्रयोगकर्तालाई परामर्श दिइएको छ । विभिन्नखाले परामर्शकालागि स्थापनाभएको कक्षऔपचारिकरुपमाविहीबार शुरु भएको हो ।

लागुऔषधदुव्यर्सन र मादकपदार्थ सेवनगर्दा पक्राउ परेकाहरुलाई कक्षमा परामर्श दिने जनाइएको छ । प्रहरी निरीक्षकप्रकाशश्रीमलले प्रहरीले नियन्त्रणमा लिएकालागुऔषधप्रयोगकर्तालाई परामर्श दिएकाथिए । उनले लागुऔषधदुव्यर्सनबाट स्वास्थ्यमा पर्ने असर, सामाजिक र आर्थिक क्षेत्रमा पर्ने नोक्सानी, कानुनीपक्ष र कुलत छोड्ने उपायबारे जानकारी दिएकाथिए ।

लागुऔषध र मादकपदार्थ सेवनकर्तालाई कारबाहीमात्रनभएर परामर्शसमेत दिनुपर्ने उद्धेश्यले कक्ष स्थापनागरिएको मकवानपुरकाप्रहरी नायवउपरीक्षकवामदेव गौतमले बताए । प्रहरीले लागुऔषधको कारोबार र प्रयोग नियन्त्रणका लागिप्रहरी निरीक्षकमधु थापाको नेतृत्वमा टिम परिचालन गरेको छ । टोलीले पछिल्लो ४ महिनामा १ सय ६५ जनालाई नियन्त्रणमा लिई परामर्श दिएको छ । पक्राउ पर्नेमध्ये गाँजा सेवनकर्ता बढी पाइएका छन् ।

लागुऔषधको ट्रान्जिट प्वान्टका रुपमाचिनिएको मकवानपुरमालागुऔषधकारोबारीको संख्या बढ्दो छ । कारोबारी र प्रयोगकर्ताको संख्याकमील्याउनप्रशासन र प्रहरीले योजनाहरु अघि सारे पनित्यो निष्प्रभावी देखिएको छ । दैनिकजसो लागुऔषधसहितपक्राउगर्ने मकवानपुर प्रहरीले आव २०७३÷०७४ मा २ सय ३ जनालाई लागुऔषधसहितपक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १ सय ५८ पुरुष, १३ महिला र ३२ जनाभारतीय छन् । कार्यालयले उमेर समूहको आधारमातयार पारेको तथ्यांकमा १६ वर्षमुनिका ९, १६ देखि २५ वर्षका७०, २६ देखि ३५ वर्ष ८५, ३६ देखि ४५ वर्षका २७, ४६ देखि ६० वर्षका १० र ६० वर्षभन्दामाथिउमेर समूहका २ जनापक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये १ सय ३२ जनाविरुद्ध अदालतमा मुद्धा दायर गरिएको थियो ।

एक वर्ष अवधिमा ९ किसिमकालागुऔषध बरामदगरिएका छन् । सबभन्दा बढी गाँजा १ हजार ९ सय ४० केजी ८ सय ५२ ग्राम र सबभन्दाकम ६ सय २६ ग्राम खैरो हेरोइन बरामदभएको छ । प्रहरीले चरेस २ सय २४ केजी ५ सय २ ग्राम, अफिम ४ केजी ६५ ग्राम, नाइट्रोजेपाम÷नाइट्रोभेट ट्याब्लेट २ हजार ४ सय ८२, डाइजेपाम २ हजार २ सय १७एम्पुल, ब्युप्रिनोर्पिmन १ हजार ८ सय ८४ एम्पुल, फेनारगनएम्पुल २ हजार ४ सय २२ र कोरेक्स १ सय २४ बोतल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्