५ सय बोट अवैध गाँजा फडानी



चिरञ्जीवी मास्के, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ लेखटोलमा लगाईएको अवैध गाँजाको बोट फँडानी गरेको छ ।

लेखटोलका बिभिन्न व्यक्तिले उत्पादन गरेको ५ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलिले बिभिन्न व्यक्तिको बारीमा अवैध ढङ्गले लगाईको उक्त गाँजाको बोट फडानी गरी स्थानियको रोहवरमा सोहि स्थानमा आगो लगाई नष्ट गरेको पनि प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।
अवैध घरेलु मदिरा, अवैध गाँजा खेति, जुवा तास जस्ता कुराले अपराध बढाउन सहयोग पुग्ने भएकोले यस्ता कुरा नियन्त्रणको लागि प्रहरीले निरन्तर सक्रियता बढाई रहने प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्