सर्वोच्च अदालतको आदेश अवज्ञा,रंगशाला निर्माणमा नीजि जग्गा प्रयोग



नेपाल समाचारपत्र,काभ्रे
काभ्रेको पनौतीमा रंङ्गशाला निर्माणका क्रममा देखिएको जग्गा विवादले उग्ररुप लिएको छ । भवन डिभिजन कार्यालयले निर्माण गरिरहेको उक्त रंगशालामा जग्गा विवाद भएपछि सर्वोच्च अदालतले जग्गा प्राप्ती नभए सम्म नीजि जग्गा प्रयोग नगर्नु भनि दिएको आदेश दिएको थियो ।

उत्त आदेशको अवज्ञा गर्दै विहिवार निजी जग्गामा निर्माण थालिएपछि विवाद उत्पन्न हुदा निर्माण पक्षधरको पक्षमा प्रहरी समेत परिचालन भएका थिए ।

रंङ्गशाला निर्माणको लागि तयार पारिएको नक्सामा निजी जग्गा पनि परेको र सम्बन्धित जग्गा धनीसंग सहमति नगरेको कारण विवादले उग्ररुप लिएको थियो । प्रक्रियानै नपु¥याई गुरुयोजना बनाएर टेण्डर आव्हान गरि निर्माण भेरहेको रंङ्गशाला विवादको मुद्धा सर्वोच्च अदालत सम्म पुगेको थियो ।

पनौतीको रंगशाला निर्माणको क्रममा प्रहरी लगाई नीजि जग्गा प्रयोग गरिएको सम्बन्धमा भवन डिभिजन कार्यालय काभ्रेका प्रमुख अष्टलाल सुवालले भन्नुभयो– रंगशाला निर्माण भवन डिभिजन कायाृलयले गरेको हो । नीजि जग्गा प्रयोग नगर्नु भनी सर्वोच्च अदालतले दिएको आदशको अवज्ञा पनौति नगरपालिकाले गरेको हो ।

रंङ्गशाला बनाउन तयार पारिएको गुरुयोजनामा पनौती नगरपालिका–७ स्थित करिव ४५ रोपनी सार्वजनीक जग्गा संगै स्थानिय गणेश कुमारी कणेल र नानी गिता कणेलको नाममा १७ रोपनी १४ आना २ पैशा जग्गा पनि परेपछि विवाद उत्पन्न भएको हो । सम्बन्धित जग्गा धनीले आफुहरुसंग सहमति नै नगरी झुक्याउने तरीकाले एकाएक टेण्डर आव्हान गरेको आरोप लगाउदै शुरुदेखिनै विरोध गर्दै आएका थिए ।

नीजि जग्गामा सार्वजनीक संरचना बनाउदा सम्बन्धित जग्गाधनीको सहमति लिनुपर्ने अथवा जग्गा प्राप्ती ऐन अनुसार अगाडी बढ्नु पर्ने हुन्छ । साथै, उत्त नीजि जग्गा दर्ता खारेजीको प्रक्रियामा जादा जालसाचि गरि जग्गा हड्पेको प्रमाणित हुनुपर्छ । अहिले रङ्गशाला निर्माण गर्ने भनिएको सार्वजनीक जग्गा पनि गौचरण हो । गौचरणमा कुनै संरचना बनाउनु पर्दा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्राब्धान थियो ।

रंङ्गशाला निर्माण कार्यमा जुटेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय काभ्रे र पनौती नगरपालिका कार्यालयले प्रक्रिया नपु¥याई टेण्डर आव्हान गरेको भन्दै सम्बन्धित जग्गा धनीले विरोध जनाएपछि पुनरावेदन अदालत पाटनले समेत कानुन बमोजिम जग्गा प्राप्त नभएसम्म उक्त १७ रोपनि १४ आना २ पैशा जग्गामा निर्माण कार्य नगर्नु नगराउनु भनि अन्तरीम आदेश दिएको थियो । यस पछि पुन सर्वोच्चमा परेको मुद्धामा पनि सवोच्च अदालतले नीजि जग्गामा निर्माण कार्य नगर्नु भन्ने आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश विपरित विहिवार भवन डिभिजन र पनौति नगरपालिकाकाका जिम्मेवार पदाधिकारीले रङ्गशाला निर्माणको गुरुयोजनामा परेको कणेलको १३२ कित्ता नम्बर रहेको १७ रोपनी १४ आना २ पैशा जग्गामा डोजर लगाई माटो भर्ने काम गरेका थिए । सार्वोच्चको फैसला विपरित नीजि जग्गा प्रयोग नगर्न भन्दै कणेल परिवारले रोक्न खोज्दा प्रहरी परिचालन गरि उनिहरुलाई हटाइएको थियो ।

सर्वोच्च अदालतको आदेश विपरित निर्माणमा निजी जग्गा प्रयोग गर्न अवरोध गर्नेलाई हटाउनु भनी भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवाल र पनौति नगरपालिकाका प्रमुख भीम न्यौपानेले प्रहरी परिचालन गरेको कणेल परिवारले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन् ।

सर्वोच्चको आदेश कार्यान्वयन हुनुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी नविनराज राईले नेपाल समाचारपत्रसंग भन्नुभयो– सर्वोच्च अदालतले नीति जग्गामा निर्माण नगर्नु भने पछि सम्बन्धित निकायले गर्न मिल्दैन । नीजि जग्गामा काम गर्न मिल्दैन भन्ने सर्वोच्चको आदेशको प्रमाण सहित पिडित पक्ष आएमा प्रहरीले त्याहा निर्माण कार्य गर्न नदिने उहाको भनाई थियो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक अनिल घिमिरेले यो घटनका बारेमा निवेदन आएमा प्रहरीले हेर्न मिल्ने केश रहेछ भने हेर्ने प्रतिक्रिया दिनुभयो । आफ्नो निजी जग्गामा खनजोत तथा माटो पुर्ने काम भएकोले तत्काल रोक्न भन्दै कणेल परिवारले पनौती चौकीमा निवदेन दिएका थिए । पनौति चौकीले सार्वोच्चको आदेशको प्रमाण ल्याउनु भनेको निवेदक मध्यका एक सुदीपराज कणेलले जानकारी दिनुभएको छ ।

संविधानमा मौलिक हक अन्तर्गत सम्पत्तीको हकलाई प्राथमिकताका साथ राखिएको छ । सम्पत्तीको हकमा भनिएको छ– प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भक गर्ने, बेचबिखन गर्ने, व्यवसायीक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने छ । संविधानमा समेत व्यक्तिको सम्पत्तिको स्वतन्त्रतालाई प्राथमिकता दिएको छ भन्दै गणेश कुमारी कणेलकी छोरी राधिका कणेलले भन्नुभयो– ‘सर्वोच्च अदालतको समेत मानहानी हुने गरि प्रहरी परिचालन गरि सरकारी निकाय बाटै नीजि सम्पत्ति माथि सार्वजनीक निर्माण कार्य भएको छ ।’

कणेल परिवारले सहमतिमा खेलमैदान भएको पश्चिम पट्टिको खाल्टोको भागलाई बाहेक चौरमा गाभिएको जति आफ्नो नामको जग्गा रंगशाला निर्माणको लागि छोड्न तयार रहेको यस अघि बताउदै आएका थिए । यसको लागी आफुहरुले पुस्तौदेखि बसिआएको घरबाटोलाई निकास दिनुपर्ने बताएका थिए । यसो गर्दा कणेल परिवारको करिव १० रोपनी जग्गा रङ्गशालामा जाने बताइन्छ । भवन डिभिजन र नकरपालिकाका पदाधिकारीले कणेलपरिवारलाई निकास नै बन्द गर्ने गरि विहीवार घर अगाडी पर्खाल लगाउन भन्दै खाल्टो पनि खनेका थिए ।

प्रक्रिया पु¥याएर रंगशाला निर्माण हुनुपर्छ भन्ने पक्षमा आफुहरु भएकोले आफ्नो स्वामित्वमा रहेको केहि जग्गा पनौति नगरपालिकालाई दिने प्रस्ताव गरेको कणेल परिवारका सुदीपराज कणेलले बताउनु भएको छ । ‘हामिले मुआब्जा नलिइकनै करिब १० रोपनी जति जग्गा रंगशाला निर्माणलाई दिन्छौ भन्दा पनि नगरपालिका र भवन डिभिजनले पेलेरै जान खोज्दै छ’ कणेल परिवार भन्छन– हामी बसोबास गरिरहेको ठाउमा समेत बाटो रोक्न खोज्दै छ नगरपालिकाले ।

यसको विरुद्ध अदालत र अख्तियार जाने भन्दै उनिहरुले सरकारी निकायले नीजि सम्पत्तिमाथि जवरजस्ती गरिरहेको बारे कानुनी परामर्श भैरहैको बताएका छन्

प्रतिक्रिया दिनुहोस्