एक्सन र प्रेमको रुद्र



 

भोलि शुक्रबारदेखि अल नेपाल रिलिजमा आउन लागेको नायक, निर्माता तथा निर्देशक निखिल उप्रेतीको बहुचर्चित फिल्म रुद्रको बुधबार राजधानीमा प्रिमियर शो गरिएको छ।

एक्सनलाई प्रेमले जितेको रुद्रमा नायक निखिल उप्रेती नेगेटिभ हिरोको भूमिकामा छन्। उनी यसमा अनौठा द्वन्द्वका साथ प्रस्तुत भएका छन्। नायक उप्रेतीकै प्रस्तुतिमा निर्मित फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका छन् भने लेखन पनि उनकै रहेको छ।

निखिलका साथमा नवनायक–नायिका विश्व शर्मा र सारा तथा ध्रुव कोइराला, अनिल पाण्डे, रोयदीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, रोशन पोखरेल मुख्य कलाकार रहेको फिल्ममा दिनेश सोनम र निखिल उप्रेतीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, सौरभ लामाको छायांकन र बनिष शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्