सोतोकानमा हेमको निरन्तरता



 

काठमाडौं, (नेस)
नेपाल सोतोकान कराते संघ (एसकेआई)को अध्यक्षतामा हेमकुमार श्रेष्ठले निरन्तरता पाएका छन्।

संघको दोस्रो साधारणसभा तथा निर्वाचनले श्रेष्ठलाई निरन्तरता प्रदान गर्नुका साथै वरिष्ठ उपाध्यक्ष, महासचिव र एक सदस्यलाई पनि निरन्तरता प्रदान गरेको छ। निरन्तरता पाउनेमा वरिष्ठ उपाध्यक्ष प्रमिला सिंह, महासचिव भूमिका लिम्बु सुब्बा र सदस्य त्रिलोचनकृष्ण श्रेष्ठ रहेका छन्। साउन ७ गते भएको संघको निर्वाचनले उपाध्यक्षमा रामबहादुर केसी, सचिवमा हरिबहादुर थापा मगर र कोषाध्यक्षमा जलद राजवैद्यलाई निर्वाचित गरेको छ।

यस्तै सदस्यहरूमा प्रमोद बर्देवा, दयाराम भट्टराई, लिलाराज डाँगी, राजेन्द्रबहादुर दुलाल, नवीन दाहाल, नेहा राज्यलक्ष्मी शाह, अशु चन्द, जयकुमार तामाङ र महेशप्रसाद पौड्याल चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्