‘कुर्सी भाँच्ने मन्त्री’



 

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन्। नयाँ थपिएका मन्त्रीमा तत्कालीन संविधानसभामा कुर्सी भाँच्ने सांसद्समेत रहेका छन्। माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका सांसद् शिवकुमार मण्डलले संविधानसभा हलमा तोडफोड भएको बेला कुर्सी भाँचेका थिए। निकै अराजक तथा आपराधिक प्रवृत्तिका मानिने मण्डलले रिसको झोंकमा कुर्सी भाँचे। यस्ता अराजक र उच्छृंखल मन्त्रीले देश कसरी हाँक्लान् त भन्ने एउटा गम्भीर प्रश्न धरहरासामु आइपुगेको छ। उनीमात्र होइन, नयाँ थपिएका मन्त्रिमण्डलमा धेरै अराजक तथा विगतमा नराम्रा करतुत गरिसकेकाहरू मन्त्री बनेका छन्।

यहाँ एउटा प्रश्न के उठ्छ भने सरकारमा सहभागी हुने आपराधिक स्वभावका मन्त्रीले देश र जनताको पक्षमा के काम गर्लान्? यस्ता व्यक्तिहरूलाई कुनै पनि हालतमा यस्तो उच्च जिम्मेवारी दिनुहुँदैनथ्यो भन्ने मान्यता धरहराको मात्र होइन, आम नेपाली जनताको रहेको छ। यस्ता व्यक्ति मन्त्री भएमा उनीहरूले देश कुन बाटोमा लैजालान्? प्रश्न सोचनीय छ। कि कसो पाठकमित्रहरू?

प्रतिक्रिया दिनुहोस्