जंगलमा भीषण आगलागी, १० हजारलाई सुरक्षित स्थान सारियो



 

पेरिस, (एजेन्सी)
दक्षिण पूर्वी फ्रान्सको जंगल इलाकामा भीषण आगलागी भएको छ। उक्त आगलागीका कारण रातारात १० हजार नागरिकलाई सुरक्षित स्थान स्थानान्तरण गरिएको छ।

फ्रान्सको प्रोभांस अप्स कुट जोर इलाकाको ब्रोमेज लि मिमोजे नजिकै आगलागी नियन्त्रण लिन सयौं उद्धारकर्मी तथा अग्नीसमन कमचारीलाई तैनाथ गरिएको छ। यसअघि फ्रान्सले युरोपेली युनियनका छिमेकीहरूसँग आगोमाथि नियन्त्रणका लागि मद्दत गर्न अपिल गरको थियो।

भूमध्यसागर तटनजिकै ४ हजार हेक्टर जमिनमा फैलिएका जंगल पुरै जलेर नष्ट भइसकेको छ। आगो क्रोएसियामा पहाडको भित्री भाग र द्विपहरूमा लागेको छ। कम्तीमा १० हजार नागरिकलाई आगोको चपेटामा पर्नुअगाडि सुरक्षित स्थानमा निकालेको फ्रान्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई जानकारी दिए।

उक्त इलाकामा गर्मी मौसममा ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन् र यसले त्यहाँको आवादी दुई–तीन गुणा बढ्ने गर्छ। सोमबारदेखि ४ हजारभन्दा धेरै दमकलकर्मी तथा सैनिक जवानले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन्। कम्तीमा १२ अग्नीसमनकर्ता र १५ जना प्रहरी धँवा र आगोको लप्कामा परी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्