एनएमबी बैंकले पूर्णरूपमा स्वचालित सेवा दिने



 

काठमाडौं, (नेस)
एनएमबी बैंकले पूर्णरूपमा स्वचालित बैंकिङ सेवा सुरु गर्ने भएको छ। सोकार्यका लागि बैंकले सिङ्गाापुरस्थित सेवा प्रदायक कम्पनी बैंक ‘जिनी’सँग सम्झौता गरेको छ।

सम्झौताअनुसार एनएमबी बैंकले बैंक जिनीसँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्ने भएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नयाँ सेवाबाट बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउने बताउनुभयो। उहाँका अनुसार साथै बैंकिङ गर्न अझ सहज हुनेछ। सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृत केसी तथा रामकुमार शर्मा (बैंक जिनी)ले दस्तखत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्