संकल्प विकास केन्द्रमा सुनीता



 

काठमाडौं, (नेस)
संकल्प विकास केन्द्र नेपालको पाँचौं साधारण सभाले अध्यक्ष सुनीता कायस्थलाई चयन गरेको छ।

अध्यक्ष कायस्थको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिति पनि चयन गरेको छ। संस्थाको उपाध्यक्ष सुमी राजभण्डारी, सचिव शान्ति श्रेष्ठ, कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठ तथा सदस्यहरूमा मञ्जु रानामगर, लक्ष्मीकुमारी श्रेष्ठ र कल्पना राई रहेका छन्।

अध्यक्ष कायस्थले संस्थाको उद्देश्य तथा लक्ष्यअनुरूप कार्य गर्ने बताउनुभएको छ। वि.सं. २०६९ साल फागुनमा स्थापित संस्थाले महिलाको हक, हित र रोजगारीको क्षेत्रमा विशेष योगदान दिने कार्य गर्दै आएको छ।

संकल्प विकास केन्द्रले महिलालाई स्वरोजगारमुखी कार्यक्रममार्फत् सामाजिक विकास तथा समाज सेवामा योगदान दिँदै आएको गैरनाफामूलक विशुद्ध सामाजिक संस्था भएको अध्यक्ष कायस्थले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्