भारतको जयपुरमा अलपत्र बालकको उद्धार



 

नेपाल समाचारपत्र
कालिकोट
गाउँलेको लहलहैमा भारत पुगेर जयपुरमा अलपत्र बालकको परोकारी भावनाका युवाहरूले उद्धार गरी मंगलबार नेपाल ल्याएका छन्। कालिकोटको पलाता गाउँपालिका–७ थिर्पु घर बताउने १२ वर्षीय बालक सुवास विष्टलाई भैरवी गाउँपालिका–२ रावतकोट दैलेखका कमल विकले उद्धार गरी ल्याइएका हुन्।

बालक सुवासका अनुसार उहाँका बुबाको नाम हरि विष्ट र आमाको नाम सागरा विष्ट हो। उनले बुबाआमाले मोबाइल बोक्नुभएको भए पनि आफूलाई मोबाइल नम्बर थाहा नभएको बताए।

दिदेसिलु मावि बेरशंकोट कालिकोटमा कक्षा ७ मा अध्ययनरत सुवास छिमेकी गाउँले एक अंकलले भारतको जयपुर पुर्याई काम लगाइदिएको कम्पनी लुकीलुकी काम गर्नुपरेको र पैसा पनि नदिएको कारण भागेर बसपार्क आई पुग्दा दैलेखका कलम विकसँग भेट भएको थियो।

जयपुर बसपार्कमा भेट हुँदा बेखर्ची र हैरानीमा देखेपछि गाडीभाडा र खाना समेत खुवाउँदै ल्याइपुर्याएको विकले बताए। दैलेख सदरमुकाम ल्याइएका ती बालकलाई महिला बालबालिका कार्यालय तथा सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा सञ्चालित बाबालिका तथा महिला सेवा केन्द्रमा दैलेखमा आवास व्यवस्थापन गरिएको छ।
बालक दिएको जानकारीअनुसार सामाजिक सेवा केन्द्र (सोसेक) कालिकोटमा परिवारका सदस्यहरूसँग सम्पर्क प्रयास गरिएको र अभिभावकहरू झिकाउने वा संस्थाकै पहलमा घरसम्म पठाउने व्यवस्था मिलाइने महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन्।

घरायसी तनाव, बालबालिका माथि हुने हिंसा वा लहलहैमा बालबालिकाहरू घर छोडी शहर पस्दा एकदमै न्यून रकममा कडा श्रमशोषणमा पर्ने गरेका छन्। त्यसरी घर छोड्ने बालबालिकामध्ये आधा जति भारत पस्ने र त्यहाँ बालश्रममा रोक लगाइएको कारण बाल सुधारगृहमा राखी यातना दिने गरिएको यसअघि नै खुलेको सामाजिक सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए।

प्रतिक्रिया दिनुहोस्