चप्पलमै सपथ ग्रहण !



काठमाडौं । पछिल्लो समयमा ‘ड्रेस कोड’ नियम पालना नहुँदा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाएको पोशाकका विषयमा सधैं चर्चा र विवाद हुने गरेको छ ।

यसैक्रममा बुधबार विस्तारित मन्त्रिमण्डलको पद तथा गोपनियताको सपथमा एक जना नवनियुक्त मन्त्री चप्पलमै सपथ ग्रहणमा गएपछि यो विषयले पुनः चर्चा पाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ महिनापछि विस्तार गरेको मन्त्रिमण्डलमा अन्तिम समयमा स्थान पाएका खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव कुर्ता पाइजामा र चप्पलमा सहभागी भएका छन् ।

बुधबारको सपथमा आठ जना मन्त्री दौरा सुरुवाल कोट र टोपीमा सहभागी भएका थिए भने अम्बिका बस्नेत साडी चोलोमा सहभागी थिइन । त्यस्तै गोपाल दहित सर्ट, पाइन्ट, कोट र टोपीसहित स्पोटस् जुत्तामा सहभागी भएका थिए । ‘गणतन्त्रको स्थापनापछि सपथ ग्रहणमा दौरा सुरुवाल अनिवार्य छैन तर यस्ता सार्वजनिक कार्यक्रममा आफैले कस्तो पोशाक लगाउने भन्ने आफै सचेत हुनपर्छ ।’ गृह मन्त्रालयका एक अधिकारी बताए । मन्त्री यादवले कुर्ता पाइजामा लगाए पनि जुत्ता लगाएको भए राम्रो हुने थियो ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्