सानै उमेरमा नेतृत्व तहमा पुगेका विपिनले गरे यस्तो चमत्कार



प्रशान्त वली, काठमाडौ ।
हरेक बिहानले दिनको संकेत गर्छ । कलेज पढ्न जाने, जागिर खाने कुरामा मात्रै सिमित छैनन् युवा । सामान्य हुन्छन् तर असामान्य काम गर्न रुचाउँछन् ।

उनीहरुको दैनिक कार्यतालिका धेरै व्यस्तपूर्ण हुन्छ । भागदौडले भरिएको जीवनमा अभियान उनीहरुको मुख्य प्राथमिकता हुन्छ । उनीहरु गैर नाफामुलक संस्थामा आवद्ध हुन्छन् । कहिलेकाहि आवश्यकता अनुसार त्यस्तो संघसंस्था खोलेर पनि काम गर्छन ।

समग्रमा ती युवा समाजमा सकारात्मक परिवर्तन र प्रभावका लागि तत्पर रहन्छन् । मध्यपश्चिम विकास क्षेत्रको दाङ जिल्लामा जन्मिएका विपिन बुढाथोकी एउटा त्यस्तो पहिचान बनाएका अभियानकर्ता हुन् । उमेरले २२ नकाटेको उनी युवाहरुमाझ नेपालमा एउटा अनुपम उदाहरण बनेका छन् । सानो उमेरमै हजारौं युवा विच उनले पृथक छवि बनाई सकेका छन् ।

राजधानी बस्दा उनले परिवर्तनका पाईलाहरु नामक संस्थाको संस्थापक जनसम्पर्क अधिकारीका रुपमा काम गरेको अनुभव संगालि सकेका छन् । आजभोली उनी नेपाली युवा आन्दोलनलाई फरकरुप दिने हिसाबले एउटा तयारी गर्दै छन् । देशभरका विचार मिल्ने युवासँग सहकार्य गर्दै साझा गन्तव्यमा पुग्ने लक्ष्यका साथ काम भैरहेको उनी बताउछन् । राष्ट्रलाई शिरमा राखेर राष्ट्रिय सङ्कटको सामना नयाँ ढङ्गले हुनुपर्छ भने चेतनाका साथ देशभरका सक्षम युवाहरु मिलेर एउटा अभियानको थालनी गर्दै छन् ।

मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल सेक्सनको कम उमेरमै केन्द्रिय नेतृत्वमा पुग्ने पहिलो मानवअधिकारकर्मी पनि हुन् उनी । उनले चार हजार वढी युवा सदस्यको प्रतिनिधित्व गर्दै इन्टरभ्यू फेस गरी चुनाव जित्दै उक्त स्थानसम्म पुगेका हुन् ।

दाङ घोराही उपमहानगरपालीका नारायणपुर घर भएका बुढाथोकी सानो उमेरमै सामाजिक क्षेत्रमा अगुवाई गरिराखेका छन् । विभिन्न संघसंस्थाभित्र काम गर्दा उनले युवाहरु अब लक्ष्य प्राप्तिका लागि फरक तरिकाले काम गर्नु पर्छ भन्ने छाप छाडेका छन् । सामाजिक काममा सक्रिय बुढाथोकी व्यवस्थापन संकायका विद्यार्थी हुन् । हाल उनी नेपाल कर्मस क्याम्पसमा अध्ययनरत छन् ।हुने विरुवाको चिल्लो पात भनेझैं उनले बाल्यकालबाटै साहित्यीक, बौद्धिक र तार्किक कार्यक्रम तथा बहसमा सहभागी हुन्थे । दाङमा रहदा उनले जिल्ला स्तरिय प्रतियोगितामा सहभागी मात्रै जनाएनन् सधै उत्कृष्ट स्थान लिन सफल भए ।

त्यसैले पनि हुनुपर्छ माध्यमिक र उच्च शिक्षा पढ्ने समयका दर्जन बढी उपाधी छन् उनीसँग । त्यो पनि हुनसक्छ उनी यहाँसम्म आइपुग्नुको एउटा कारण र राष्ट्रियस्तरमा पहिचान बनाउनुको कारण । तिन वर्ष यता उनले काठमाडौंलाई कर्मथलो बनाएका छन् ।

उक्त अभियानले नेपालको आर्थिक, सामाजिक, राजनितीक र सांस्कृतिक जागरणमा पाईला चाल्ने उनी बताउँछन् । उनले सानो उमेरमै धेरै अुनुभव जोडी सकेका छन् । २०७२ को बैशाखमा काठमाडौं देखि दाङ बाचेर फर्केपछि उनको समूहले गरेको भूकम्प पिडितलाई आलु अभियान नेपालमै नयाँ प्रयोग भएको उनी बताउँछन् ।

भूकम्प गएको नौ महिना पुग्दा पनि अति प्रभावित जिल्लामा का विपन्न परिवार चिसो मै रात काट्न विवश भएको समाचार आएपछि काठमाडौंमा विद्यार्थीहरु मिलेर सङ्कलन गरेको कपडा सिन्धुपाल्चोक जिल्ला स्थित सागाँचोक गा.वि.स.को माझी बस्तीमा सहयोगले प्रभावितको ओठमा ल्याएको खुशी सम्झदा धेरै सन्तुष्टी मिल्ने उनी बचाउँछन् ।

प्यालिस्टान मुलका कवि असरफ फयादलाई साउदी अरबमा कविता लेखेकै आधारमा फाँसी दिने कुराको विरोध स्वरुप उनी आबद्ध रहेको डायनामिक युथ नेटवर्कले बसन्तपुरमा कविको रिहाईको माग गर्दै गरेको सडक कविता वाचनको तंरगलाई उनी सम्झन्छन् ।

विश्वभर असरफको पक्षमा बुलन्द आवाजलाई सुनेर साउदी सरकार पछाडी हटेको सम्झदै भने साहित्यमा धेरै ठूलो शक्ति हुन्छ । आमाबाबुको कान्छो छोराको रुपमा जन्मेका बुढाथोकी वि.पी लाई उनी आफ्नो आदर्श मान्छन् । समाज रुपान्तरणका लागि सक्रिय बुढाथोकी अहिलेको युवा पुस्ताका लागि गतिलो उदाहरण हुन् ।

जीवनको एकदमै उर्जासिल समय अरुका लागि सोच्ने यिनकले भविश्यमा पनि राज्यको मूलधारमा रहेर अरुकोका लागि काम गर्ने योजना रहेको बताउँछन् । प्रस्ट विचार राख्ने विपिन आफ्नो लगनसिलता, परिश्रम र मिहिनेतले अहिलेको युवामाझ लोकप्रिय बन्दै नेतृत्वमा जम्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस्