आज मन्त्रिमण्डल विस्तारको तयारी, को-को बन्ने भए मन्त्री ?



काठमाडौ (नेस) ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । बुधबार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम र नेकपा (संयुक्त) लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुने प्रधानमन्त्री स्रोतले जनाएको छ ।

काँग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी मन्त्रिमण्डलमा सहभागी हुने ब्यापक चर्चा छ ।

यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपालीलगायतको नाम चर्चामा छ। यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ ।

यस्तै नेकपा (संयुक्त) ले सांसद मिथिला चौधरीलाई पार्टीका तर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित काँग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

यसअघि फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै काँग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन ।

त्यसैगरी काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फरमुल्लाह मंसुरले श्रम तथा रोजगार, माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभू साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्