माओवादी केन्द्रले प्रधानमन्त्रीलाई मन्त्री बन्नेको नामावली बुझायो, कसलाई कुन मन्त्रालय ?



काठमाण्डौ (नेस) ।
माओवादी पार्टी केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाएको छ । उक्त बैठकले ६ मन्त्री र ३ राज्यमन्त्रीको टुंगो लगाएको छ ।

उक्त बैठाकले शिवकुमार मण्डललार्इ आपूर्ति मन्त्रालय, गिरीराजमणि पोखरेललार्इ स्वास्थ्य मन्त्रालय, आशा खनाललार्इ कृषि वा बालबालिकामध्ये एक टुंगो लाग्न बाँकी रहेको छ । यसैगरी, सन्तकुमार चौधरीलार्इ पशुपन्क्षी मन्त्रालय, टेकबहादुर बस्नेतलार्इ सामान्य प्रशासन मन्त्रालय र महेन्द्र बहादुर शाहीलार्इ ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यसैगरी राज्यमन्त्रीमा शम्भु श्रेष्ठ, छमबहादुर गुरुङ, श्याम श्रेष्ठ, जाकिर हुसेन र रामसिंह यादवलाई दिएको छ ।

माओवादीबाट यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरासहित जनार्दन शर्मा गृह र प्रभू साह सहरी विकास मन्त्री भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्