विवेकशील र साझा पार्टी एक हुँदै,पार्टीको नाम ‘विवेकशील साझा’ पार्टी र चुनाव चिन्ह तराजु राख्ने सहमति



काठमाडौ (नेस) ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा अभियान चलाइरहेका साझा पार्टी र विवेकशील नेपाली पार्टी आज एकीकृत हुँदैछन्। विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार दिउँसो पार्टी एकताको घोषणा हुँदैछ ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहनेछ भने चुनाव चिन्ह तराजु राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुबैलाई सहसंयोजक पद दिइएको छ । बैठकको अध्यक्षता मिश्रले गर्ने सहमति भएको स्रोतले बताएको छ ।

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । अहिले दुवै पार्टीबाट १७र१७ जना छन् भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।

दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै एकता वा तालमेलको प्रयास पनि भएको थियो ।

दुबै पक्षबीच छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्