अग्रवाल वाणिज्यदूत नियुक्त



 

काठमाडौं, (नेस)
विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल नेपालका लागि गिनी गणतन्त्रका अवैतनिक वाणिज्यदूत नियुक्त हुनुभएको छ। पश्चिम अफ्रिकी मुलुक गिनी गणतन्त्रको सरकारले अग्रवाललाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो।

नवनियुक्त वाणिज्यदूत अग्रवालले दुई मित्रराष्ट्रको आर्थिक र जनस्तरको सम्बन्ध अभिवृद्धिमा भूमिका खेल्ने बताउनुभएको छ।

गिनी गणतन्त्रमा नेपाली वस्तुको बजार प्रवद्र्धनका लागि पहल गर्ने लगायत त्यहाँका पर्यटकलाई नेपाल ल्याउन प्रयास गर्ने उहाँले बताउनुभयो।

अग्रवाल विशाल समूहको तेस्रो पुस्ताका उद्यमी हुनुहुन्छ। दूरदर्शी एवम् मिलनसार व्यक्तिका रूपमा परिचित अग्रवाल आयात–निर्यातकर्ता व्यवसायीको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ तथा नेपाल चेम्बर कमर्स जस्ता सस्थासँग आवद्ध हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्