कुरूप राजधानी



 

हिलो, धुवा”, धूलो राजधानीको परिचय बनेको छ। यसमा सबैले गर्वका साथ भन्ने गरेका छन्।
राजधानीलाई यी चिजबाट मुक्त गराउन सबैले एकै स्वरमा भनिरहेका हुन्छन् राजधानीलाई स्वच्छ बनाऊ। तर राजधानी स्वच्छ बन्ने छाँटकाँट नै देखि”दैन। झन् झन् राजधानीमा धूलो धुवँ”को चुनौती बढेको देखिन्छ। नेताहरू काम गर न किन सधैं जनतालाई भुलभुलैयामा पार्छौ। हुने कुरा गर, गर्न नसक्ने कुरा गर्दै नगर।

अहिलेको अवस्था कायम रहने हो भने विश्वको सबैभन्दा कुरूप राजधानी कुन भनेर संसारले प्रश्न सोध्यो भने काठमाडौं पर्ने अवस्था छ। यसमा त केही गर नेताजी। सधैं स्वच्छ काठमाडौंको नारा दिएर राजधानीलाई दिनदिनै कुरूप नबनाऊ, यो धरहराको बिन्ती छ। हिजोसम्म कस्तो थियो राजधानी आज कुरूप बनेको छ। यसलाई कम्तीमा हेर्न हुने त बनाइदेऊ। यो धरहराको रोदन मात्रै हो है।

प्रतिक्रिया दिनुहोस्