भारतमा पनि अनमोलको चर्चा



 

नायक अनमोल केसी भारतीय सञ्चारमाध्यममा पनि छाएका छन्। भारतीय अनलाइन अमर उजालामा उनको चर्चा गर्दै संगीता तमोरले समाचार लेखेकी छिन्।

‘मिलिए नेपालके सुपरस्टार से, जिसकि हर फिल्म होती है ब्लकबस्टर, लेता हे मोटी फिस’ शीर्षको समाचारमा लेखिएको छ– ‘बलिउडको हर ठूला स्टारको बारेमा तपार्इंलाई थाहै छ। तर, आज हामी तपाईंलाई नेपालको यस्तो सुपरस्टारको बारेमा बताउँछौं कि, जसले निकै कम समयमा पहिचान बनाएका छन्। यस्तो त्यहाँको फिल्म इन्डिस्ट्रिजमा सायदै कोही बन्न सक्लान्। उनी हुन् अनमोल केसी।’

केही तस्वीरका साथ समाचारमा अगाडि लेखिएको छ– ‘अनमोल केसी नेपालमा धेरै नै पपुलर छन् र उनी त्यहाँका ठूला स्टार हुन्। उनले २०१३ मा फिल्म डेब्यु गरेका हुन् र त्यस बेलादेखि नै उनका सबै फिल्म सुपरहिट भइरहेका छन्। यसको साथै अनमोल नेपालको सबैभन्दा बढी डिमान्ड हुने कलाकारको टपमा पर्छन्। फिल्ममा मात्र हैन कमाइको मामलामा पनि उनी सबैभन्दा माथि छन्।’

समाचारमा इन्टरनेटको आँकडालाई उल्लेख गर्दै अनमोलले एक फिल्म खेलेबापत ८ देखि २० लाख रुपियाँसम्म लिने गरेको दाबी गरिएको छ। ‘भनिन्छ कि नेपालमा कुनै पनि एक्टरले पाउने यो सबैभन्दा बढी पारिश्रमिक हो’ –समाचारमा उल्लेख छ।

अनमोल अहिले उनका पिता भुवन केसीका साथ निर्माता सुवास गिरीद्वारा निर्माणाधीन फिल्म कृलाई लिएर चर्चामा छन्।

प्रतिक्रिया दिनुहोस्