प्रहरी प्रशासनको मिलेमतोमै यसरी भईरहेको छ मोबाईल जुवा खाल सञ्चालन, ‘डन’ र प्रहरीको डरलाग्दो सेटीङ



 

नेपाल समाचारपत्र, काभ्रे  ।
प्रहरी प्रशासनको मिलेमतोमा जिल्लाको विभिन्न ठाउमा जुवातासको खाल सञ्चालन भैरहेको छ ।

मंगलबार काभ्रेको बतासे डाडामा सञ्चालन गरिएको जुवा खालमा लाखौ रुपैयाको हारजित भएको स्थानीय बासिन्दाले बताएका छन् । गुण्डागर्दीमा संलग्न केहि व्यक्तिहरुले प्रहरी संग सेटिङ मिलाएर दिनै पिच्छे सार्वजनीक वन तथा डाडामा मोबाईल जुवाखाल सञ्चालन गरिरहेको गुनासो यस अघि पनि आइरहेको थियो ।

 

नेपाल समाचारापत्रलाई स्थानियबासिन्दाहरुले मंगलबार उपलब्ध गराएको भिडियो रेकर्डमा सार्वजनीक स्थलमा टेण्ड हालि जुवा खेलाइरहेको देखिन्छ । भर्खर आधाघण्टा अघिमात्र यो भिजल खिचेर ल्याएको भन्दै ति स्थानिय बासिन्दाले भने– यहा पटक पटक जुवा तास खेलाइएपनि स्थानिय प्रहरीले कुनै चासो दिएको छैन ।

जुवा सञ्चालकहरुले प्रहरी प्रशासनलाई मोटो रकम उपलब्ध गराउने भएकोले यहा प्रहरीले थाहा पाएपनि नआउने गरेको उनको गुनासो थियो ।

 

जुवा खाल सञ्चालन गर्ने मोवाइल टोलीले डाडाको छेकिने भागमा टेण्ड राखिएको देखिन्छ भने लाखौ रुपैया लिएर कौडा खेलिरहेको पनि देखिन्छ । खेल स्थल नजिकै थुपै मोटरसाईक रोकिरहेको देखिन्छ ।

बनेपा, धुलिखेल र पानौतिका केहि घरमा प्रहरीसंग मिलेमत्तो गरि नियमित जुवा खाल सञ्चालन भैरहेको गुनासो आइरहेको बेला सार्वजनीक स्थलमा वन जंगल भित्र पनि जुवा खाल सञ्चालन गरि लाखौ रुपैयाको कारेबार भैरहेको भने पछिल्लो समय नौलो घटना हो ।

 

प्रतिक्रिया दिनुहोस्