लिफ्ट सिंचाईवाट किसानको आयबृद्धि



प्रकाश पन्त, राउतगाउँ ।
जाजरकोटको भेरी नगरपालिका,–१० राउत गाउँकी देवी रानाले वर्षेनी आर्थिक समस्या झेल्दै आउनु भएको थियो, तर अहिले अवस्था फेरिएको छ । राना परिवार अहिले आफ्नै खेतवारीमा आफुलाई चाहिने भन्दा बढी अन्नवाली उब्जाउँछ । सौर्य उर्जाको प्रयोग गरेर वाहै्र महिना सिंचाई हुने भएपछि धान, गहँु, मकै वाहेक तरकारी खेतीवाट पनि राम्रो आम्दानी भैइरहेको छ । सिचाई भएपछि जग्गा बाँझो राख्नु परेको छैन, राना भन्नुहुन्छ बेमौसमी तरकारीवाट राम्रै आम्दानी गरिरहेकी छु ।

 

भेरीको पानी तानेर सिंचाई गरेपछिहामी किसानलाई हिउँद –वर्खा दुवै सिजन एकै भएको छ रानाले भन्नुभयो, गतवर्ष बन्दा, काउँली, टमाटर, भेडेखुर्सानी बेचेर ४÷५ हजार मात्र भएको थियो भने तर अहिलेसम्म ३० हजारको तरकारी बेचिसके । सिचाई सुविधा हुँदा र नहुँदामा यति फरक पदो रहेछ ।
उच्च मुल्य कृषि बस्तु विकास आयोजना सुर्खेतको सहयोगमा भेरीको पानी तानेर सिंचाई गरेपछि राउत गाउँमा धेरैको आर्थिक अवस्थामा फेरिएको छ । आयोजनालेबेमौसमी तरकारी मुल्य श्रृङखलाकार्यक्रम अन्तर्गत सौय शक्ति प्रविधीद्वारा भेरीको पानी लिफ्ट गरी सिंचाई गर्ने व्यवस्था मिलाएको हो । आयोजनाले यो प्रविधी जडान गरिदिएपछि राउत गाउँका ३७ परिवारले धान, गहँु, मकै लगाउन कम गरेर बेमौसमी तरकारी खेती गरिरहेका छन । पहिला आकाशे पानीको भरमा खेती गथ्यौ, पानी नपर्दा खेतवारी बाँझै हुन्थ्यो, किसान गोरखबहादुर रानाले भन्नुभयो सिंचाई सुविधा भएपछि अहिले तरकारी वेचेरै वर्षमा ३०÷४० हजार रुपैया कमाउँछौ ।

 

राउत गाँउमा उत्पादन भएको तरकारीको मुख्य बजार फेरा, कुदु र छेडा बजार हुन । सिंचाई सुविधावाट राउत गाउँका किसानको आम्दानी त बढेकै छ नै, यसले वाहिरवाट आयात हुने तरकारीलाई पनि रोकेको छ । उच्च मुल्य कृषि बस्तु विकास आयोजनाका उपप्रमुख चित्रबहादुर रोकायलेसोलार लिफ्ट प्रणालीले नगदेवाली प्रर्बद्धन गरी किसानको आयस्तर बृद्धि गरेको बताउँनु भयो । सिंचाई सुविधा नहूँदासम्म राउत गाउँका किसानको वार्षिक आम्दानी ४÷५ हजार मात्र थियो २ वर्ष कृषि विकास कार्यालय जाजरकोटको प्रमुख भएर काम गर्नु भएका उहाँले भन्नुभयो, भेरीको पानी लिफ्ट गरी सिंचाई गर्दा अहिले किसानको वार्षिक ३०÷३५ हजार पुगेको छ, भविस्यमा किसानकोबार्षिक आम्दानी बृद्धि गरेर ६०÷७० हजार पुरयाउने लक्ष्य आयोजनाको छ । आयोजना लागु भएको ७ वटा जिल्ला मध्ये जाजकोटमा पहिलो पटक पाइलट प्रोजेक्टको रुपमा यो सिचाई निर्माण गरिएको हो । नयाँ प्रणाली भएकोले किसान पनि हर्षित छन,बरिष्ठ कृषि विकास अधिकृत रोकायले भन्नुभयो ।

 

वाहै्र महिना सिंचाई सुविधा भएपछि कामको खोजीमा कालापहाड र विदेशिने युवाहरुलाई गाउँमै रोकेको राउतगाँउका अगुवा किसान जयलाल विकले बताउँनु भयो । सिंचाई सुविधा भएपछि अहिले सवैगाउँले तरकारी खेतीमा जुटेका छन, पहिला सिचाई थिएन, सुको ठाउँ थियो, अहिले सिचाईले गर्दा गाउँ नै तरकारीले हराभरा भएको छ, विकले भन्नुभयो ।

 

आकाशे पानीमा निर्भर गाउँमा सोलार प्रविधिवाट भेरीको पानी तानेर सिंचाईको व्यवस्था गरेपछि हरियाली कृषक समुह र सूर्यकिरण कृषक समुहमा आवद्ध किसानले २ सय रोपनी खेतवारीमा व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन । गाउँको पुछारवाट बग्ने भेरी नदिको पानी तानेर गाउँ भरी सिंचाई सुविधा पुर्याइएको छ । ८० मिटर तलवाट भेरीको पानी तानेर गाउँको शिरानमा रहेको टंकीमा जम्मा गरी पाईपवाट गाउँभरी नै सिचाई गर्ने व्यवस्था मिलाइएको छ ।

 

२९ लाख २६ हजार २ सय २४ रुपैयाको लागतमा निर्माण भएको लिफ्ट सिंचाईको लागि आयोजनाले २४ लाख ८७ हजार २ सय ९० सहयोग गरेको थियो । भने वाकी ४ लाख ३८ हजार ९ सय ३३ रुपैया किसानले व्यहोरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्