६ सय ६५ जना मृतकको सम्झनामा शान्ति स्मारक बनाईंदै



धनवीर दाहाल,रुकुम ।
विगत सशस्त्र द्धन्दको समयमा रुकुम जिल्लामा राज्य र विद्रोही पक्षबाट मारिएका ६ सय ६५ जनाको सम्झनामा शान्ति स्मारक बनाईने भएको छ । मुसिकोट नगरपालिका वडा नं. १,सल्ले स्थित निर्माण गर्न लागिएको शान्ति स्मारकको नगरप्रमुख देवीलाल गौतमले शिलान्यास गर्नुभएको छ ।

स्थानीय शान्ति समितिको अभिलेख अनुसार विगत द्धन्दमा मारिएका ६ सय ६५ जनाको सामुहिक नाम स्मारकमा रहने गरी शान्ति स्मारक बनाउन लागिएको हो । कुल ९ लाख २ हजार लागतमा निर्माण हुने शान्ति स्मारकको शिलान्यास सुरु गरिए संगै अबको तीन महिना भित्र निर्माण कार्य पुरा गर्ने योजना लिईएको छ ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपालको ४ लाख ४ हजार, जिल्ला समन्वय समितिको २ लाख तथा बाँकी रकम मुसिकोट नगरपालिकाको रहने गरी उक्त शान्ति स्मारक निर्माण हुने भएको हो ।

तत्कालिन सशस्त्र द्धन्दको समयमा रुकुमका थुप्रै नागरिकले राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका थिए । कतिपय व्यक्ति बेपत्ता र घरबार बिहिन समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्