साढे ४ करोड हकप्रद बजारमा, साढे ३ करोड कित्ता आईपीओ आउँदै



नेपाल समाचारपत्र,काठमाडौं
विभिन्न एक दर्जन कम्पनीले साढे ४ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेका छन्। दुईवटा बैंक, एउटा फाइनान्स, एक लघुवित्त, दुई बीमा कम्पनी र पाँच वटा विकास बैंकले ४ अर्ब ५२ करोड १० लाख २८ हजार ७ सय ४२ रुपियाँबराबरको ४ करोड ५२ लाख १० हजार २८७ दशमलव ४२ कित्ता हकप्रद शेयर निष्काशन गरेका हुन्।

उक्त हकप्रद शेयर जारी गर्ने कम्पनीमा एभरेस्ट बैंक, माछापुच्छे« बैंक, एनबी इन्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स रहेका छन्। त्यस्तै रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, कामना विकास विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र गुडविल फाइनान्स पनि हकप्रद शेयर जारी गरेका छन्। यीमध्ये दुई वटा कम्पनीको आवेदन दिने म्याद सकिएको छ भने अन्यको अझै बाँकी रहेको छ।

चुक्ता पुँजी वृद्धिका निम्ति कामना विकास बैंकले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले २४ लाख १३ हजार १३७ दशमलव ६० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो भने गुडविल फाइनान्सले ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

त्यस्तै एभरेस्ट बैंकले ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता बिक्री गर्न लागेको हो। साथै पूर्णिमा विकास बैंकले पनि ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले ८ लाख ८० हजार ९६२ दशमलव ८२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २ दशमलव शून्य ८ अनुपातका दरले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो भने रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
यसैगरी हिमालयन जनरल इन्स्योरेन्सले १६६ प्रतिशत हकप्रद निष्काशन गरेको छ। कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्काशन खुल्ला गरेको छ। कम्पनीको ३९ लाख कित्ता शेयर जारी गरेको हो।

सप्तकोसी डेभलपमेन्ट बैंकले १३० प्रतिशत हकप्रद निष्काशन गरेको छ। बैंकले २७ लाख ४३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कञ्चन डेभलेपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो भने माछापुच्छे« बैंकले १२ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर जारी गरेको हो।

पुँजी वृद्धि गर्नका निम्ति मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १ लाख ५० हजार कित्ता र एनबी इन्स्योरेन्स कम्पनीको २७ लाख कित्ता हकप्रद शेयरको निष्काशन मिति भने सकिएको छ।
यसैबीच विभिन्न डेढ दर्जनभन्दा बढी कम्पनीले करिब ६ लाख कित्ताबराबरका साधारण शेयर ल्याउने तयारीमा रहेका छन्। नेपाल धितोपत्र बोर्डमा १५ कम्पनीको साधारण शेयर (आईपीओ) ६ कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ ) जारी गर्नका निम्ति नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

साधारण शेयर निष्काशनका लागि आवेदन दिएका १५ कम्पनीमध्ये नेपाल हाइड्रो डेभलपर लिमिटेडले आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ भने बाँकी १४ कम्पनीले पाइपलाइन रहेका छन्। यी कम्पनीको ३ करोड ३९ लाख ४ हजार २८० कित्ता शेयर निष्कासन हुन लागेको हो।

नेपाल हाइड्रोले ३ लाख ९० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। यसअघि आयोजना प्रभावित स्थानीयका लागि २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो।

आईपीओ निष्कासनको लागि पाइपलाइनमा रहेका १५ कम्पनीमध्ये १३ वटा जलविद्युत् कम्पनी छन्। अन्य दुई कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन्।

त्यस्तै एनएमबि बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता र बैंक अफ काठमाडौंले पनि संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना मिलाउनका लागि एफपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएका छन्।

साथै पोखरा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स, बुटवल पावर कम्पनीले पनि एफपीओ जारी गर्न लागेका हुन्। जसमध्ये पोखरा फाइनान्सले शेयर बिक्रीका लागि बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ

 

प्रतिक्रिया दिनुहोस्