चीनलाई बुझ्नमा गल्ती गरिरहेका छन् भारतीयहरू: चिनियाँ विज्ञ



बेइजिङ, (एजेन्सी)
भारत र चीनबीच डोकलाम सीमामा विगत ५ हप्ताभन्दा लामो समयदेखि तनाव जारी छ। विश्वभरिका विश्लेषकहरू यस गतिरोधले युद्धको आशंका गहिरिएकोमा चिन्ता व्यक्त गरिरहेका छन्।
दर चारहार इन्स्टिच्युटका रिसर्च फेलो तथा चाइना वेस्ट नर्मल युनिभर्सिटीमा सेन्टर फर इन्डियन स्टडिजका निर्देशक लोंग सिन्चुनको सरकारी अखबार ग्लोबल टाइम्समा भारत–चीन तनावको विषयमा विश्लेषण प्रकाशित भएको छ।

उक्त विश्लेषणमा लोंगले चीनले युद्ध नचाहेको लेखेका छन्।उनले लेखे– ‘भारतीय सञ्चारमाध्यम र विश्लेषक यो गतिरोधका लागि चीनलाई जिम्मेवार ठह¥याइरहेका छन्। उनीहरू चीनले आफ्नो आन्तरिक समस्याहरूबाट ध्यान मोड्नका लागि भारतलाई उक्साइरहेको बताइरहेका छन्। यहाँसम्मकी भारतीय सञ्चारमाध्यममा यस तनावलाई कम्युनिस्ट पार्टी अफ चाइनाको १९औं कांग्रेससँग पनि जोडिरहेका छन्। यो विश्लेषणले के प्रमाणित हुन्छ भने भारतीय सञ्चारमाध्यम र त्यहाँका विश्लेषकको चीनका बारेमा ज्ञान कति अधुरो छ।

जहाँसम्म मलाई थाहा छ, भारतमा २ सयभन्दा धेरै चिनियाँ मामिलामा विशेषज्ञ छैनन्। यसमा मात्र १० प्रतिशत मात्रै मन्दारिन पढ्न र बोल्न सक्छन्। यसमा धेरै विशेषज्ञ चनिलाई लिएर अमेरिका र युरोबाट प्रकाशित भएका सामग्री अंग्रेजीमा पढ्छन्। दुःखको कुरा के हो भने यो स्थितिमा पनि उनी चीनका बारेमा सबै कुरा जानेको दाबी गर्छन्।’

चीनमा रहेका भारतीय पत्रकारहरूले सायदै चिनियाँ भाषा बुझ्छन्। यहाँसम्म कि तीमध्ये केहीले जब आफ्नो छिमेकीलाई ‘कम्प्युनिस्ट चाइना’का रूपमा व्याख्या गर्छन्, यस्तो लाग्छ यो पदावली ४० वर्ष पुरानो हो। दुःखद कुरा यिनीहरू भारतको बुझाइलाई आकार दिन्छन् र चीनमा आफ्ना फैसला सुनाउँछन्।
लोंगले लेखेका छन्– ‘चीनमा थुप्रै प्रकारका घरेलु समस्या छन्। फेरि पनि भारत जुन आन्तरिक समस्यासँग लडिरहेको छ, त्यसको तुलनामा केही पनि होइन। प्रस्ट के हो भने संघर्षको तुलनामा १९औं कांग्रेसको तयारीका लागि चीनलाई घरेलु शान्ति र शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण चाहिन्छ। यो त्यस्तो विषय हो जसलाई भारतीयहरूलाई बुझ्न गाह्रो हुन्छ।’

मैले धेरै भारतीय विशेषज्ञसँग भेटेको छु। उनीहरू १९६२ को युद्ध चीनले आफ्नो आन्तरिक समस्याबाट जनताको ध्यान मोड्नका लागि छेडेको बताउँछन्। म उनीहरूलाई भन्छु– मानौं यदि यो सत्य हो, फेरि चीनले भारतलाई किन त्यसका लागि छाने? चीनले भारत र भुटानबाहेक धेरैजसो छिमेकीसँगको सीमा विवादलाई सल्टाइसकेको छ। के यो उक्साउनु होइन?

डोकलाम इलाकामा भारतीय सैनिक चिनियाँ क्षेत्रमा प्रवेश गरे। यो स्थितिमा चीनको सरकारले संयमको परिचय दिएको छ। भारतलाई युद्धको आवश्यक छैन। यद्यपि भारतका सेना प्रमुख बिपिन रावतले भारतीय सेना मोर्चामा युद्धका लागि तयार रहेको दाबी गरेका छन्। त्यसमा केही भारतीय उनका सेना चिनियाँ सेनासँग बराबरीको युद्ध लड्न र १९६२ को बदला लिनका लागि पर्याप्त बलियो ठान्छन्।

सन् १९८० को दशकको शुरूआटमा भारतको अर्थव्यवस्था चीनको बराबर थियो तर अहिले जीडीपी र प्रतिव्यक्ति आय चीनको पाँच भागको एक भाग मात्र छ। विगत २० वर्षमा आर्थिक सुधार र विकासको ठोस जग भारतमा राखियो र अहिले तीव्ररूपमा प्रगति पनि भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सुधारबाट भारतको पक्षमा अन्तर्राष्ट्रिय वातावरण पनि बनेको छ।
यदि भारत अहिले नै व्यापकस्तरमा चीनसँग युद्ध गर्छ भने यसले विदेशी लगानी मात्र तहसनहस हुने नभएर अर्थव्यवस्थामा नै भाँडभैलो मच्चिनेछ। यदि सानो युद्ध मात्र भयो भने पनि चीन र भारतबीच यसको लामो समयसम्म असर देखिनेछ। भारतको आर्थिक प्रगति नराम्रोसँग प्रभावित हुनेछ र प्रगति गर्ने अवसर हातबाट फुत्किनेछ।

एउटा युद्ध पूर्णरूपमा असम्भव हुन्छ भन्ने पनि होइन। पूर्णरूपमा गलत समय र स्थानमा लडिएका युद्धका थुप्रै उदाहरण पनि छन्। यस्तो स्थितिमा समग्रमा दुवै देशका राजनीतिज्ञहरूलाई युद्धबाट बच्नु आवश्यक छ। अन्ततः हामीले वैमनस्यतामा बस्नु हुन्न। १९६२ को युद्धले भारतीयलाई चीनप्रति दशकौंका लागि शत्रुतापूर्ण बनाइदियो।

अन्तनमा लोंगले लेखे– ‘आजको मितिमा एउटा ठूलो युद्ध भयो भने दुवै पक्षतिर शताब्दियौंसम्मको शत्रुता हुनेछ। यदि वर्तमान गतिरोधको समाधान राजनीतिकस्तरमा खोजियो भने पनि दुई देशको द्विपक्षीय सम्बन्धमा यसको छाया परिसकेको छ। भारत–चीन सम्बन्धमा यसको असर लामो समयसम्म रहनेछ।

प्रतिक्रिया दिनुहोस्