डा. केसीद्वारा फेरि अनशन शुरू



काठमाडौं, (नेस)
सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले सोमबारबाट फेरि अनशन शुरू गर्नुभएको छ।

डा. केसीको यो ११औं अनशन हो। यसअघि उहाँले गत कात्तिक २८ गतेदेखि २२ दिन लामो अनशन बस्नुभएको थियो।

यसअघि धेरैपटक अनशनमार्फत माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिनुभएको थियो। आफ्नो अनशनलाई विभिन्न समयमा स्थगित गर्दै आउनुभएका केसीले सरकारसामु ७ बुँदे माग राख्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्