कर्णाली राजमार्ग अबरुद्ध: हजारौँ यात्रु अलपत्र, अवरुद्ध सडक खुलाउन काम शुरु



नन्दराम जैशी, जुम्ला ।
आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध भएपछि सयौँ यातायात व्यवसायी र हजारौ हजारौ यात्रुहरु अलपत्र परेका हुन् । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अन्र्तगत दैलेखमा पर्ने दैखोला देखि घट्टेखोला सम्मको करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण ५ सय बढि साना ठुला यातायातका साधन अवरोद्धमा परेक छन् । निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाका अनुसार अवरुद्ध सडक खुलाउनका सडक डिभिजन कार्यालय जुम्लालाई निर्देशन दिइएको छ । सडक खुलाउनका लागि नियमति काम गरेपनि करिब ४÷५ दिन लाग्न सक्ने अनुमान सडक डिभिजन कार्यालय जुम्लाले गरेको छ ।

अवरुद्ध सडक खुलाउन काम शुरु

विगत दुई हप्ता दिनदेखि अवरुद्ध भएको जुम्ला नाग्म देखि मुगु गमगढी सडक संचालनका लागि सडक डिभिजन कार्यालय जुम्लाले काम थालेको छ । कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको विभिन्न स्थानमा गएको पहिरो र बर्षाको हिलोका कारण दुई हप्ता यता सडक खण्ड अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाका अनुसार अवरुद्ध सडक खुलाउन विगत तिन दिनदेखि निरन्तर स्काभेटर खटाएर काम गर्न शुरु गरीएको छ । उहाले भन्नुभयो, सडक खुलाउन निरन्तर हाम्रा कर्मचारी फिल्डमा बसेर काम गरीरहेका छन् । काम रप्तारले गरेपनि बर्षाले सडक हिलो र पहिरो खस्दा समस्या भएको हो ।

सडकको पहिरो पन्छाउने र हिलो हटाउने काम जारी छ । जुम्ला सिंजा क्षेत्रमा सडकको ३ ठाँउमा पहिरो गएको अवगत गराउदै सवारी संचालनमा समस्या भएको रोकायाको भनाइ छ । त्यस्तै मुगुको ताल्चा विमानस्थल नजिक सडकमा हिलै हिलोका कारण सवारी संचालन हुन नसकेकोले हिलो हटाउन समस्या भएको उहाले बताउनुभयो । सडक खण्डको दर्जनौं ठाउँमा अवरुद्ध भएपछि मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि हुन थालेको स्थानियको भनाइ छ । नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडक अवरुद्ध भएपछि साना तथा ठूला मालबाहक गाडि तथा अन्य सवारी साधनहरु बस र जिपहरु ठाँउ ठाउमा रोकिएका छन् । लगातार बर्षातले सडक अवरुद्ध हुँदा स्थानियलाइ आवत जावतमा समस्या भएको छ । भने आपत्कालिन बिरामीहरुलाई समेत उपचारका लागि बाहिर लैजान असहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्