१७ मिनेटमा दिइन् ११ बच्चालाई जन्म, सबै बच्चा स्वस्थ र फुर्तीला



एजेन्सी,
केही दिन पहिले मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छन्।

यी ४२ वर्षिया महिला इन्डियानामा रहन्छिन् । अहिले सम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहा सम्म बच्चा जन्माएको त सुन्नु भएको छ होला तर एकैसाथ उनले ११ बच्चालाई एकैपटक जन्म दिएकी छिन् जुन धेरै नै अचम्मको छ ।

साँच्चै नै यो कुरा सुनेर सबै मान्छे अचम्ममा पर्छन् र धेरैले यस्तो पनि हुन्छ र भनेर प्रश्न पनि गर्न सक्छन् ।

इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् ।

यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।

मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् । मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् ।

यस्तै धेरै मानिसहरु यस घटनालाई चमत्कार मानेका छन् ।

प्रतिक्रिया दिनुहोस्