बाग्लुङमा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु



सिर्जना पन्त, बागलुङ ।

बडिगाड गाउपालिका–५ गवालीचौरमा जीप दुर्घटना हुँदा चालकसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जलजलाबाट ग्वालीचौर आउदैं गरेको ध १ ज १८४ नम्बरको जीप ग्वालिचौरको बादिपमा दुर्घटना हुँदा जीपमा सवार ११ जनामध्ये ६ जना गम्भिर र १ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी चन्द्रकुँवेर खापुङले बताउँनुभयो ।

मृत्यु हुनेमा चालक वडिगाड–४ का तुलबहादुर पुन सहित वढिगाड ५ का मुत्त बहादुर पाइजा, वडिगाड–८ का नारयण सेरबुजा र वडिगाड ४ का हुमन काउचा रहेको प्रहरी चौकी खारका असाई विष्णु प्रसाद लम्सालले बताउँनुभयो ।

घाइते हुनेमा वडिगाड–८ का ३९ वर्षीय टेकबहादुर पाईजा, वडिगाड ८ की २९ वर्षीा बालमती पाईजा र उनका १२ वर्षीया छोरा दिनेश पाईजा र ४ वर्षीया छोरी दिपसरा पाईजा, बडिगाड–४ का २१ वर्षीय भिमबहादुर श्रीष र बडिगाड–५ का २६ वर्षीय भिम शेरबुजा रहेको प्रहरीले बताएको छ ।

खापुङले इलाका प्रहरी चौकी खारबाट खटिएको प्रहरी टोली र स्थानियले घाइतेहरुको उद्धार कार्य जारी रहेको र घाइतेको उपचारको लागि अस्पताल लैजाने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

हिलो र ओरालो सडकमा जीप अड्याउनको लागि ओट लगाउने क्रममा चिप्लिएर सडकबाट करिब ७ सय मिटर तल खसेको उहाँले बताउनुभायो ।

 

 

प्रतिक्रिया दिनुहोस्