नाकाबन्दी लगाउने विधेयकमा सहमति



 

वासिंगटन, (एजेन्सी)
अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक दुबै पार्टीका नेताहरूले कंग्रेसमा अमेरिकाको राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेका कारण रसियामाथि नयाँ नाकाबन्दी लगाउने अनुमति प्रदान गर्ने एउटा विधेयकमाथि सहमति जनाएका छन्। उक्त नयाँ विधेयकले राष्ट्रपति डोनाल्ड ट्रम्पको रसियामाथि लगाइएको कुनै पनि नाकाबन्दी हटाउने अधिकारलाई सीमित पार्ने बताइएको छ। ट्रम्पले पहिले नै क्रेमलिनसंग आफूले कूटनीतिक उदार नीति अपनाउन चाहेको बताएका थिए।

तर गत वर्षको राष्ट्रपतीय चुनावमा रसियाले हस्तक्षेप गरेको भन्ने आरोपको ट्रम्पले शुरूदेखि नै अस्विकार गर्दै आएका थिए। मस्कोले पनि त्यस्तो कुनै पनि गलत कार्य नगरेको अडान लिँदै आएको छ। थुप्रै अमेरिकी अनुसन्धानकर्ताले ट्रम्पको चुनावी अभियानमा रुसी अधिकारीहरूको षड्यन्त्र छ वा छैन भन्ने अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्