फुकुसिमामा तरल आणविक इन्धन भेटिएको दावी



 

टोकियो, (एजेन्सी)
पानीभित्र राबोट सञ्चालन गर्ने टेप्को कम्पनीले आइतबार जापानको क्षतिग्रस्त फुकुसिमा आणविक भट्टी रोबोटले पग्लिएको आणविक इन्धनको खिचेको र संभवत यस्तो इन्धनको यो पहिलो तस्वीर भएको विश्वास व्यक्त गरेको छ।

फुकुसिमाको तेश्रो इकाइको भट्टीमुनि ठूलो मात्रामा जमेको लाभाजस्तो चटान र तहतह परेको चटान भेटिएको छ। यदि यो पक्कै आणविक इन्धन भएको खण्डमा यससम्बन्धी अनुसन्धानमा एक कोशेढुंगा नै सावित हुने बताइएको छ। सन् २०११ मा आएको डरलाग्दो सुनामीका कारण फुकुसिमाका तीनवटा आणविक भट्टीमा चुहावट भएको थियो।

त्यसलाई चेर्नोबिल आणविक दुर्घटना पछिको अर्को सबैभन्दा ठूलो दुर्घटना मानिएको थियो। आणविक विकीरण फैलिने डरले त्यसबेला २ लाखभन्दा बढी व्यक्तिले आफ्ना घर छोडेर सुरक्षित स्थलतर्फ जान बाध्य भएका थिए।

त्यहाँका क्षतिग्रस्त भट्टीहरूका भागमा अहिले पनि उच्च मात्रामा विकिरण फैलिएको पाइएको छ। टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले सन् २०११ यत पहिलोपटक शुक्रबार सार्वजनिक गरिएका तस्वीरहरूमा अत्यन्तै संभावित पग्लिएको इन्धन फेला परेको जनाएको छ। सन् २०११ मा भूकम्पका कारण आएको उक्त भयावह सुनमीबाट फुकुसिमामा १८ हजार ५ सयभन्दा बढी व्यक्ति मारिएका वा बेपत्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्