धर्मशाला बनाउन भूमिदान



 

नेपाल समाचारपत्र
काठमाडौं
रौनियार सेवा समितिले ५ करोडको लागतमा काठमाडौंमा धर्मशाला निर्माण गर्न गर्ने भएको छ। रौनियार सेवा समितिका व्यक्तिलाई धार्मिक, सामाजिक तथा व्यापारिकरूपमा कुनै समस्या नपरोस् भन्ने उद्देश्यले धर्मशाला स्थापना गर्न लागिएको समितिले जनाएको छ। सस्थाका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले समितिले काठमाडौंको क्षेत्रपाटीमा कार्यालय स्थापना गरिसकेको जानकारी दिँदै अबको १ वर्षभित्र काठमाडौंमा धर्मशाला निर्माण गरिसक्ने बताए।

उनले सम्र्पूण सदस्यहरूको चाहनाअनुसार धर्मशाला निर्माणलाई प्राथमिकतामा राखिएको भन्दै धर्मशाला निर्माणमा ५ करोड लगानी लाग्ने बताए । उनले भवन निर्माणका लागि सम्र्पूण सदस्यहरूबाट भूमिदान कार्यक्रमलाई अगाडि बढाइएको जानकारी पनि दिए। समितिकी महासचिव रूपाकुमारी गुप्ताले विभिन्न व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको बताइन्। उनले भवन निर्माणको सदस्यहरूले भूमिदान गरिरहेको बताइन्।

गुप्ताका अनुसार मुकेशकुमार रौनियारबाट ३ आना, छोटेलाल रौनियारले ४ आना, सन्तोषकुमार रौनियारले १ आना, रामकृपाल रौनियारले १ आना, हरिओमकुमार गुप्ता, नितेषपुजन रौनियार र हरिप्रसाद रौनियारले आधा आना भूमिदान गरिसक्नुभएको जानकारी दिइन्। समितिका कोषाध्यक्ष रामेश्वर शाह रौनियारले रौनियार एकताका लागि संगठित भएको जानकारी दिए।

यसअघि कार्यालय उद्घाटन गर्दै नेपाल रौनियार महासंघका केन्द्रीय अध्यक्ष शिवनाथप्रसाद रौनियार र भारतीय जनता पार्टीका नेता राजकुमार गुप्ताकोसमेत उपस्थिति रहेको थियो। सोही अवसरमा मुकेशकुमार रौनियारको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ। सो समितिले अबका दिनमा रौनियार समाजका व्यक्तिहरूलाई विकासको गतिमा लानुपर्ने बताइन्। समितिका सचिव धीरेन्द्र रौनियारले रौनियार समाजको विकासका लागि एक भएर लाग्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्