अझै बन्न सकेन नेपालकै नमूना तिन मुखे पुल,विकासका संभावनाहरु रोकिएको स्थानीयको गुनासो



कविराज नेपाल,पाल्पा ।
प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा ,गुल्मी ,स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीन मुखे पुल लामो समय देखि अलपत्र अवस्थामा रहेको छ ।

नेपालको धार्मिक प्रर्यटकीय क्षेत्र रहेको पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट र गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने नेपालकै नमुना झोलुङ्गृ्ेपुल निर्माण कम्पनीको लापरवाही र विभिन्न वाहानाका कारणले निर्माण कार्य अन्तिम चरणमा पुग्ने समयमा अलपत्र अवस्थामा पुगेको हो । निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिलर निर्माण पनि पुरा हुन सकेको छैन् ।

नेपाल सरकारका तात्कालिन मुख्य सचिव लिलामणी पौडेल र गुल्मीका सभासद चन्द्र भण्डारीले २०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि २०७१ मंसिर १५ गते सिलान्यास गर्नु भएको थियो । रुविना मना जे.भी कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिदा पुल बन्नेमा आशा हराइ सकेको स्थानिय वासिन्दाहरुले गुनासो गर्न लागेका छन् ।

हाल भइरहेको काममा समेत निर्माण कम्पनिले सरकारी मापदण्ड अनुसार निर्माण सामाग्रीको प्रयोग नगरेको स्थानिय बासिन्दाले बताएका छन् ।

स्थानीय वासिन्दा एवम् तानसेन नगरपालिका वडा नं १४ का वडाध्यक्ष कमल रानाले पूल समयमै निर्माण हुनुपर्ने कुरामा आफूहरुको जोड रहेपनि सयममा निर्माण हुन नसकेकोमा विकासका संभावनाहरु वढन नसकेको वताउनु भयो ।

नेपाल सरकारको स्थानिय पूर्वाधार विकास तथा कृषि सडक विभागको आर्थिक तथा प्राविधीक सहयोगमा ९ करोड ८८ लाख २६ हजार रुपैया लागतमा यस पुलको ठेक्का सम्झौता भएको थियो ।

तर पुलको माथिल्लो भाग त परै जाओस हाल सम्म पिल्लरको काम ५ प्रतिशत पनि पुरा हुनसकेको छैन् । कामको विवरण भएको होडिङ्ग वोर्ड मार्फत सर्व साधारणलाई जानकारी दिनु पर्ने ऐन नियममा व्यवस्था भए पनि निर्माण कम्पनिले होडिङ्ग वोर्ड नै नराख्दा सर्वसाधारण पुल निर्माण सम्बन्धी सुचना प्राप्त गर्नबाट वन्चित भएको स्थानिय वासिन्दाको गुनासो रहेको छ ।

पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोर संगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत सहयोग पु¥याउने कल्पना गरेका स्थानियवासी निराश हुन थालेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्