जस्टिन बीबरसँग किन रिसायो चीन ? गीत गाउन प्रतिवन्ध लागाउने



बेजिङको कल्चर ब्यूरोले चीनमा क्यानडाका पप स्टार जस्टिन बीबरलाई प्रस्तुती गर्न रोक लगाएका छन् ।

मन्त्रालयको तर्फबाट एक विज्ञप्ति जारी गदै भनिएको छ, मनोरञ्जनको नाममा यस्ता मानिसलाई अनुमति दिन सकिँदैन जो गलत हर्कतमा छन् ।

विज्ञप्तिमा भनिएको छ,‘जस्टिन बीबर एक शानदार गायक हुन्, तर उनी विवादीत पनि छन् ।’

यो बयान मन्त्रालयको आधिकारिक वेभसाइटमा एक युवकले सोधेको प्रश्नको जवाफमा दिइएको हो ।
मन्त्रालयले भनेको छ हामीलाई आशा छ कि जब जस्टिन बीबर समझदार हुन्छन्, आफ्नो शव्द र काम मा सुधार ल्याउन सकुन् ।

यो समाचार तव सार्वजनिक भयो जब सेप्टेम्बरमा शुरु भएको जस्टिन बीबरको एसिया टूरको लिस्टमा चीनको कुनै शहर सहभागी थिएन ।

पप स्टारलाई २०१३ मा चीनमा प्रदर्शन गर्ने अनुमति दिइएको थियो ।

यो पहिलोपटक होइन जब जस्टिन बीवर एशियामा विवादमा आएका छन् । २०१४ मा पनि उनी एक तस्विर सामाजिक सञ्जालमा हालेपछि विवादमा आएका थिए ।

बीबरले टोकियोमा यसुकुनी श्राइन हेरेपछि एक तस्विर सामाजिक सञ्जालमा हालेका थिए । यो श्राइन युद्धका लडाकु र दोषी युद्ध अपराधिलाई श्रद्धान्जलि दिनका लागि बनाइएको थियो ।

जस्टिन बीबरले विवादपछि उक्त तस्वीर हटाएका थिए र माफि मागेका थिए ।

जस्टिन बीबर सेप्टेम्बरबाट शुरु भएको एशिया टूरका बीचमा जापान, हंगकंग, फिलीपिन्स, सिंगापुर तथा इन्डोनेशियामा प्रस्तुती गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्