निलम्बित महानिर्देशक शर्माको मुद्दा आज बृहत पूर्ण इजलासमा बहस हुँदै



काठमाडौ (नेस) ।
सर्बोच्च अदालतमा बृहत पूर्ण इजलाशमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दा पूर्ण इजलासमा बहस हुँदै। अख्तियार दुरूपयोग अनुसन्धान अयोगले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो । अयोगले विशेष अदालतमा शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचारको अभियोगसहित मुद्दा पनि दायर गरेको छ ।

शर्मालार्इ गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । आज सोहि रिटमा बृहत पूर्ण इजलासमा बहस हुन् लागेको हो ।

आज न्यायधिसहरु दिपकराज जोशी, दिपक कुमार कार्की,केदार प्रसाद चालिसे, सरदा प्रसाद घिमिरे र अनिल कुमारसिंहको इजलासमा बहस हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्