नबिल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन



 

काठमाडौं, (नेस)
नबिल बैंकले ३३औं वार्षिकोत्सवको अवसरमा आर्थिक समावेशीकरणलाई अभिवृद्धि गर्ने हेतुले लमजुङको बेंसीशहरमा वित्तीय साक्षरता सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले बेंशीशहरमा सचेतना र्याली, सडक नाटक तथा स्थानीय तहमा सफल भएका साना व्यवसायीबीच अन्तत्र्रिmया गरी आर्थिक साक्षरतासम्बन्धी जानकारी दिएको हो।

कार्यक्रम फिनलिट नेपालसँगको सहकार्यमा गरिएको हो। कार्यक्रमको संयोजन बेंशीसहर शाखाका शाखा प्रबन्धक अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले गर्नुभएको हो।
विभिन्न सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, स्थानीय बासिन्दा तथा विद्यार्थीको सहभागितामा आयोजित र्यालीको उद्घाटन लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले गर्नुभएको थियो। र्याली मनाङ चौताराबाट सेरा चोक हुँदै नबिल बैंकसम्म पुगेको थियो।

र्यालीपछि नोट तथा सिक्कालाई कसरी सफा राख्ने, बैकिङ कारोबार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा रकम जम्मा गर्दाका फाइदाहरु के हुन, अनावश्यक रकम खर्च गर्ने खराब बानीलाई कसरी नियन्त्रण गर्ने, एटीएम कार्डको प्रयोग कसरी गर्ने आदि जस्ता विषयमा सन्देश प्रवाह गर्ने खालको मनोरञ्जनात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्