दरबारमार्गमा एम्पायर रेष्टुरेन्ट खुल्यो



 

काठमाडौं, (नेस)
राजधानीको दरबारमार्गमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। युवाहरुको समूहले साढे २ करोड रुपियाँ लगानीमा ‘द एम्पायर’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

पुमा शोरुमको ठीक विपरित रहेको द एम्पायर रेष्टुरेन्टमा एकैपटक सय जनालाई सेवा दिन सकिने सञ्चालक गणेश ढकालले जानकारी दिनुभयो। पारिवारिक वातावरण भएको यस रेष्टुरेन्टले युवावर्गलाई समेत आकर्षित गर्ने उहाँको भनाइ छ। रेष्टुरेन्टको अग्रभावमा रहेको स्थानमा बसेर विभिन्न परिकारका स्वाद लिँदै दरबारमार्गको दृश्यसमेत हेर्न सकिन्छ।

उक्त रेष्टुरेन्टमा जापनिज सुफी, थाई फूड, कोरियन फूड, इण्डियन तथा कन्टिनेन्टल, हिमालयन कफी टेस्ट, ड्रिङकलगायत आधुनिक परिकार उपलब्ध रहेको छ। रेष्टुराँभित्रको वाटर फाउन्टेन, पेन्टिङलगायत आन्तरिक सजावट द एम्पायरको मुख्य आकर्षक रहेको अर्का सञ्चालक राजन उप्रेतीले जानकारी दिनुभयो। ओपन र हाईजेनिक किचन भएको एम्पायरले स्वास्थ्य र सफाईमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ।

रेष्टुरेन्ट हरेक दिन बिहान ८ बजेदेखि बेलुकी १२ बजेसम्म खुला रहने छ। हरेक शुक्रबार र शनिवार लाइभ म्युजिकको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो। हाल एम्पायरमा २२ जना कर्मचारी रहेका छन्।‘एम्पायर रेष्टुरेन्ट सबै परिवार, कर्पोरेट, पर्यटन, सेलिब्रेटी तथा युवालाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो’ उहाँले भन्नुभयो–‘यसको मेनु पनि मध्यमवर्गीयलाई लक्षित गरी तयार पारिएको छ।’

प्रतिक्रिया दिनुहोस्