खेतमा पुष्पल र पार्वतीको रोमान्स



 

असार साउनको महिना, खेतीपातीको महिना। यो बेला भनेको मानो रोपेर मुरी उब्ज्याउने महिना हो। धान रोप्ने यो महिनामा धान, हिलो र खेतालालगायत विविध पक्षहरूले गीतमा स्थान पाएका छन्।

यस्तैमा झुलेन बरालले जाऊँ हिँड खेताला गीत बजारमा ल्याएका छन्। झुलेनलाई स्वरमा मेलिना राईले साथ दिएकी छन्। जीवन शाहीको निर्देशनमा यस गीतको भिडियो पनि तयार भएको छ। जसलाई युट्युबमार्फत् सार्वजनिक गरिएको हो। असार साउनको रोपाइँ, हिलो र खेतालासम्बन्धी विषयवस्तुलाई समेटिएको गीतको भिडियोमा गहिरी खेतमा हिलो छ्यापी अनस्क्रिन रोमान्स गरेका छन् पुष्पल खड्का र पार्वती राईले।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन्। ‘यो मौसमलाई ठ्याक्कै मिल्ने गीतलाई धेरैले मन पराउनेमा आशावादी छु –निर्देशक जीवनले भने।

प्रतिक्रिया दिनुहोस्