कम्युनिस्ट पार्टी निर्माणमा पुष्पलालका सोचहरु



 

प्रेमलकुमार खनाल

मुलुकको वाम एवं प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको ३९ औं स्मृति दिवेश देशव्यापी रुपमा मनाईदै छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रापेछापमा भएको थियो। र वहाँको निधन २०३५ श्रावण ७ गते भएको थियो। पुष्पलालले नेपाली समाजमा विद्यमान सामन्ती शोषणको अन्त्य गरी जनताको जनवादी अधिनायत्व रहने गरी गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने साेंचका साथ वि.सं. २००६ बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो। पार्टी स्थापना सँगसँगै थालनि भएको सामन्तवाद विरोधि आन्दोलनको ५७ वर्षपछि सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको छ। पुष्पलाल कै सोंच अनुसार वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरु वीचको सहकार्यबाट सञ्चालन भएको शान्तिपूर्ण संयुक्त जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य सम्भव भई गणतन्त्रात्मक शासन व्यवस्था थालनी भएको छ। संविधानले जनता सार्वभौमता सत्ता सम्पन्न हुने गणतन्त्रात्मक शासन व्यवस्थाका साथै संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र सहित आर्थिक–सामाजिक रुपान्तरण गरेर सामाजिक न्याय स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई अंगिकार गरेको छ।

मुलुकमा युगान्तकारी परिवर्तन भएर परिवर्तनका उपलब्धिहरु संवैधानिक रुपमा संस्थागत भएका छन। आजभन्दा ६८ वर्ष अगाडि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा अगाडि सार्नु भएका विचार अनुरुप नै मुलुकमा गणतन्त्र स्थापना भई ऐतिहासिक उपलब्धि भएका छन। यस सन्दर्भमा पुष्पलाल युगान्तकारी परिवर्तनका विचारक, पथप्रदर्शक र भविष्यद्रष्टा हुनुहुन्थ्यो।

नेपाल कम्युनिस्ट पार्टीका माध्यमबाट अगाडि बढेको कम्युनिस्ट आन्दोलनले साढे ६ दशक पार गरेको छ। माक्र्सवाद र लेनिनवादको सैद्धान्तिक आलोकमा स्थापना भएको कम्युनिस्ट पार्टीमा तेस्रो महाधिवेशनपश्चात् विभाजन भयो। पार्टीभित्र राजावादी रुझान र दक्षिणपन्थी अवसरवादी सोच चिन्तन बढ्दै गएपछि विभाजनको शुरुवात भएको नेपाल कम्युनिस्ट आन्दोलन आजसम्म आइपुग्दा अनेकन भागमा विभाजित भएको छ।

कमरेड पुष्पलालको अगुवाईमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीका माध्यमबाट अगाडि बढेको कम्युनिस्ट आन्दोलनले साढे ६ दशक पार गरेको छ। माक्र्सवाद र लेनिनवादको सैद्धान्तिक आलोकमा स्थापना भएको कम्युनिस्ट पार्टीमा तेस्रो महाधिवेशनपश्चात् विभाजन भयो। पार्टीभित्र राजावादी रुझान र दक्षिणपन्थी अवसरवादी सोच चिन्तन बढ्दै गएपछि विभाजनको शुरुवात भएको नेपाल कम्युनिस्ट आन्दोलन आजसम्म आइपुग्दा अनेकन भागमा विभाजित भएको छ।

वामपन्थी दलहरु यसरी विभाजित हुनुमा कुनै सैद्धान्तिक, वैचारिक आधार देखिन्न। नेतृत्वका वीचमा हुने ‘इगो’, चरम महत्वाकांक्षा, पार्टी भित्र नेतृत्वको निरङ्कुश शैली र भिन्न मतावलम्वीलाई वैज्ञानिक ढ·ले व्यवस्थापन गर्ने नेतृत्वको असक्षमता, नेतृत्वको विकास र हस्तान्तरणमा उदाशीनता, पार्टी भित्र चरम गुटवन्दी, जनवादी केन्द्रीयताको सही ढ·ले अनुशरण गर्न नसक्नु, अनुशासन र स्वतन्त्रताको वीचमा सही ढ·ले सन्तुलन कायम गर्न नसक्नु, आलोचना–आत्मालोचनाको परिपाटीलाई स्थापित नगर्ने परिपाटी हुर्कदै गएपछि नै प्रायः कम्युनिष्ट पार्टीहरुमा विभाजन हुने गरेको पाईन्छ।

कमरेड पुष्पलालले कम्युनिष्ट पार्टी निर्माण र सञ्चालनमा वैज्ञानिक विधि र पद्धतिबाट सञ्चालन गर्न हर हमेसा जोड दिनु भएको छ। आज पुष्पलालले स्थापना गर्नु भएको पार्टी यसरी चिरा चिरामा विभाजित हुनुको पछाडि माथी उल्लेखित प्रवृत्तिहरु नै पार्टी विभाजनका आधार हुन। पुष्पलालका सच्चा अनुयायीहरुले पुष्पलालबाट कम्युनिष्ट पार्टी सञ्चालनका सन्दर्भमा यिनै कुरा सिक्न सकिन्छ।

पुष्पलालले कम्युनिष्ट पार्टी निर्माण र सञ्चालनका सन्दर्भमा अगाडि सार्नु भएका विचारहरु अहिले झन सामयिक र सान्दर्भिक रहेका छन। पुष्पलालले कम्युनिष्ट पार्टी निर्माणका सन्दर्भमा पहिलो पार्टीको सिद्धान्त, र राष्ट्रिय विशेषता अनुरुपको पार्टीको नीति, कार्यक्रम, दोश्रो, पार्टीमा सर्वहारा श्रमजीवी वर्गलाई संगठीत र परिचालित गर्ने, तेश्रो, पार्टीका नीति विचार कार्यक्रमको जनस्तरमा व्यापक प्रचार–प्रसार, चौथो, पार्टी भित्र जनवादी केन्द्रीयतालाई स्थापित गर्ने, विधि पद्धतिबाट मात्र साँचो अर्थमा पार्टी निर्माण हुन्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो।

पुष्पलालले पार्टीलाई तीन ‘स’ अर्थात ‘सिद्धान्त, संगठन र संघर्ष’ का सिद्धान्तबाट निर्देशित भएर सञ्चालन गर्न हर हमेसा जोड दिनु भएको छ। कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेलीनवादका सार्वभौम सिद्धान्त र सच्चाईलाई दुढतापूर्वक आत्मसात गर्ने र कार्यकर्तालाई तदनुरुप माक्र्सवादी–लेलीनवादी सिद्धान्तबाट लैस गर्नु पर्दछ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो। कुनै पनि वस्तु स्थायी छैनन। सबै गतिशील छन।

दुँनियामा नित्य निरन्तर प्रगति भईरहन्छ। उतपादनका साधनमा प्रगति भएपछि विचारधारामा पनि क्रान्ति हुन्छ। यस्ले गर्दा नयाँ र पुरानो विचारधाराको क्षेत्रमा पनि संघर्ष हुन्छ। यस्को सही समाधान माक्र्सवाद–लेलीनवादले मात्र गर्दछ। अतः माक्र्सवाद– लेलीनवादको पनि नित्य निरन्तर अध्ययन गर्न र गराउन कहिल्यै पनि थाक्नु हुन्न भनेर पुष्पलालले बताउनु भएको छ। पार्टीको सिद्धान्त, नीति, विचारमा अस्पष्ट कार्यकर्ता भएमा पार्टीको क्रान्तिकारीपन भुत्ते हुन्छ। अतः पार्टीले माक्र्सवादी–लेलीनवादी सिद्धान्तलाई दृढतापूर्वक आत्मसात गर्दै पार्टी कार्यकर्ताहरुलाई दीक्षित गरेर मात्र पार्टी सैद्धान्तिक, वैचारिक हिसाबले क्रान्तिकारी पार्टी बन्दछ भन्ने पुष्पलालका विचारहरु अहिले पनि सामयिक छन।
यस्तै पार्टीले सही सिद्धान्त मात्र अवलम्बन गरेर हुँदैन, पार्टीका नीति विचारहरुलाई आम जनता वीचमा पुर्याउन र पार्टी भित्र जनतालाई संगठीत गर्न आधारभूत तहसम्म पार्टी संगठनको संरचना विस्तार गर्नु पर्दछ। किसान, मजदुर, महिला, युवा, विधार्थीका वीचमा पार्टीलाई विस्तार गर्ने र उनीहरुलाई जनसंगठनहरुमा संगठीत गर्दै पार्टीमा भर्ति गर्नु पर्दछ। पार्टीमा आधा र भूत तहका मानिसहरु, मजदुर, किसान, सुकुम्वासी, गरीब किसान तथा निम्न मध्यम वर्गका मानिसहरुलाई भर्ति गर्न सकिएन भने तथा पार्टी भित्र पूँजीवादी, धनी किसान र शहर वजारका मध्यम वर्गका मानिसको संख्या बढ्न थाल्यो भने पार्टी भित्रको नेतृत्वमा उनीहरु नै चाँडो पुग्दछ र यसले औसरवादी र संशोधवादीहरुको बाहुल्यता बढ्न थाल्दछ भन्ने विषयमा पुष्पलालले स्पष्ट विचारहरु अगाडि सार्नु भएको छ, जुन अहिले कम्युनिष्ट पार्टी भित्रका प्रवृत्ति कै रुपमा देखा परिरहेका छ।

पुष्पलालले पार्टीमा माथिल्लो वर्गबाट आएका सदस्यलाई पार्टी सदस्यता प्रदान गर्दा जाँच अवधि (प्रोवेसन पिरियड) लामो अवधि राख्नु पर्दछ भन्ने विचार स्वभाविक रुपमा पार्टीलाई औसरवादी र संशोधनवादीहरुको प्रभावबाट न्युन गर्ने हो। तर अहिले प्रायः कम्युनिष्ट पार्टीहरुमा के देखिएको छ भने पार्टी प्रवेश गरेकै दिन, संसदीय क्षेत्रको उम्मेद्वार बन्न टिकट दिने परिपाटी हुर्किएको छ। वास्तवमा पार्टीले जनताको सामू लोकप्रिय ढ·ले काम गरेको छ, वा पार्टीका नीति विचारबाट जनतालाई आकर्षित गर्न सकेको छ, भने जनताले पार्टीको उम्मेद्वारलाई मतदान गर्ने आधार हुन्छ। यस्ले पार्टी भित्र वषौं देखि योगदान पुर्याईरहेको सदस्य र नव प्रवेशीहरु वीचको अन्तरविरोध बढाउन थालेको छ।

पुष्पलाल नेता प्रधान होइन, नीति प्रधान हो भनेर हर हमेसा जोड दिनु हुनुहुन्थ्यो। कम्युनिष्ट पार्टीमा प्रायः व्यक्तिहरु नीति वा सत्यको पक्षमा भन्दा पनि शक्ति र नेता (नेतृत्व) को पछि लाग्ने गरेका छन। पार्टी भित्र गुटबन्दी बढ्दै गएपछि व्यक्तिहरु नेताको पछि लाग्ने प्रवृत्ति बढेको छ। यो वास्तवमा गलत प्रवृत्ति हो। यही भएर पुष्पलाल आफैले नेपाल कम्युनिष्ट पार्टीको दोश्रो महाधिवेशनमा गणतन्त्रको कार्यदिशा सहितको कार्यनीतिक नारा अगाडि सार्नु भयो। तर वहाँले नेतृत्व गर्न पाउनु भएन। यसै भएर वहाँले नेता प्रधान होइन, नीति प्रधान हो भन्ने कुरा उल्लेख गर्नु भएको थियो। यतिखेर नेपालको कम्युनिष्ट आन्दोलन भित्र पार्टीको सही नीति सिद्धान्त पछाडि कार्यकर्ता हिड्ने भन्दा पनि नेताको पछि लाग्ने, अमूक नेतालाई देवत्वकरण गर्ने प्रवृत्ति कायमै रहेको छ।

पुष्पलाल कम्युनिष्ट पार्टीलाई जनवादी केन्द्रीयताका आधारमा सञ्चालन गर्न र पार्टी भित्र आलोचना–आत्मालोचनाको परिपाटीलाई स्थापित गर्न हर हमेसा जोड दिनु हुन्थ्यो, र वहाँले पिंठ्यू पछाडि पार्टी र नेतृत्वको कुरा काट्ने कदापी गर्नु हुन्न भन्ने विचार राख्नु हुन्थ्यो। पार्टी पद्धति र पार्टी परम्पराबाट सञ्चालन हुनु पर्दछ भन्ने मान्यताममा अडिक पुष्पलालले पार्टी पद्धति भनेको जनवादी केन्द्रीयताको पद्धति हो⁄जनवाद र केन्द्रीयता पार्टी संगठनका दुई पहलु हुन। यी तराजुका दुई पल्ला झैं हर हमेसा बराबर सन्तुलित हुनु पर्दछ। यस्मा वेथिति आएमा पार्टी जीवनमा नै वेथिति देखा पर्दछ भनेर उल्लेख गर्नु भएको छ। वास्तवमा कम्युनिष्ट पार्टीमा गुटगट गतिविधि बढ्दै गएपछि जनवादी केन्द्रीयताको अभ्यास सन्तुलित ढ·ले अगाडि बढ्न सक्तैन।

पुष्पलालले सिद्धान्त, संगठनका साथै संघर्षलाई पनि कम्युनिष्ट पार्टीले सँगसँगै अगाडि बढाउनु पर्दछ भन्ने विषयमा जोड दिनु भएको छ। पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि वर्ग संघर्ष केन्द्रीत आन्दोलनको अगुवाई पार्टीले गर्नु पर्दछ भन्ने विचार राख्नु हुने पुष्पलाललाई साझा शत्रुका विरुद्ध वाम एकता कायम गर्दै संयुक्त मोर्चाका माध्यमबाट अगाडि बढ्नु पर्दछ भन्ने विचार अगाडि सार्नु भयो। पुष्पलाल कै दृष्टिकोण अनुसार नै २०४६ र २०६२⁄०६३ मा वाम एवं लोकतान्त्रिक शक्तिहरु वीचको सहकार्य बाट संयुक्त जनआन्दोलन भई मुलुकमा गणतन्त्र स्थापना गर्न संभव भयो। मुलुकमा राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भए पनि आर्थिक–सामाजिक क्षेत्रमा विद्यमान सामन्ती अवरोध र दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्न वामपन्थीहरुका वीचममा सहकार्य र एकताको खाँचो रहेको छ।

पुष्पलालले वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा देख्नु भएको सपनाकै आधारमा युगान्तकारी परिवर्तन भई गणतन्त्र स्थापना भएको हो। यस सन्दर्भमा पूँजीवादी जनवादी राजनीतिक क्रान्तिको कोर्श पुरा भएको छ। अब आर्थिक–सामाजिक क्रान्ति सम्पन्न गरेर मात्र नेपाली क्रान्तिले पूर्णता प्राप्त गर्दछ र यसको अगुवाई श्रमजीवी वर्गको अग्रदुत पार्टी कम्युनिष्ट पार्टीले गर्नु पर्दछ। चिरा चिरामा विभाजित नेपालका वामपन्थी दलहरुका वीचमा अब आर्थिक र सामाजिक क्रान्ति गरेर देशलाई समाजवादी बाटोमा अगाडि बढाउन, वाम एकताको खाँचो रहेको छ। अतः पुष्पलालले उल्लेख गर्नु भए झैं सही सिद्धान्त, संगठन र संघर्ष क्रान्ति तथा आमूल परिवर्तनका कडी हुन भन्ने मान्यतालाई आत्मसात गर्दै अगाडि बढ्न सके मात्र पुष्पलालको साेंच अनुसार नेपाली क्रान्तिले पूर्णता पाउने विश्वास लिन सकिन्छ।
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्