अन्तरिक्ष केन्द्रको ड्रोन तस्वीर सार्वजनिक



 

टोकियो, (एजेन्सी)
जापानको स्पेस एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा एक ड्रोनको माध्यमबाट खिचिएका तस्वीरहरु जारी गरेको छ।

इन्टरनल बल क्यामरा ड्रोनलाई अन्तरिक्ष यात्रिहरुको तस्वीर तथा भिडियो खिच्नका लागि पठाइएको हो। ड्रोनलाई पृथ्वीबाट नियन्त्रण गरिन्छ र यो शून्य गुरुत्वाकर्षनमा पनि अगाडि बढ्न सक्छ।

अन्तरिक्षमा तैरिँदै गरेको यो सानो लोभ लाग्ने बल जस्तो ड्रोन एक प्रकारको झ्यालजस्तै भएको छ, जसबाट अन्तरिक्ष केन्द्रमा रहेका अन्तरिक्ष यात्रीहरुको जिन्दगीलाई नियाल्न सकिन्छ।
जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले उक्त ड्रोन जुनमा अन्तरिक्ष केन्द्र पठाइएको तर त्यसले पठाएका तस्वीर र भिडियोमा अहिले मात्र पहिलोपटक जारी गरिएको जानकारी दिए। अन्तरिक्ष एजेन्सीका अनुसार यो ड्रोन कुनै पनि अवस्थामा घुम्न सक्ने र कुनै पनि एंगलमा तस्वीर लिन सक्छ। यो ड्रोनको मुख्य काम भनेको तस्वीर लिनु र भिडियो रिकर्ड गर्नु हो। अहिलेसम्म अन्तरिक्ष यात्री आफ्नो काम र प्रयोगहरुको रिकर्ड गर्न भिडियो तथा तस्वीर खिच्ने काम आफैं गर्दै आइरहेका थिए।

यसमा उनीहरुको कामको कूल समयको १० प्रतिशत समय खर्चिने गरेको स्पेस एजेन्सीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्