बिरालो मार्नेलाई १६ वर्षको जेल सजायँ



 

लस एन्जलस, (एजेन्सी)
अमेरिकी राज्य क्यालिफोर्नियाको सानजोस शहरको एक अदालतले बिरालो मारेको अभियोगमा २६ वर्षीय रोबर्ट फार्मरलाई १६ वर्षको जेल सजायँ ताकेको छ।
उनले बिरालो चोर्ने ,उनीहरुलाई यातना दिने र अन्त्यमा मार्ने गरेको जनाइएको छ। यसरी उनले १८ वटा बिरालो मारेका थिए। अदालतले उनलाई १८ वटा विरालो मारेको अपराधनमा १६ वर्षको जेल सजायँ सुनाएको छ। रोबर्टले आफ्नो अपराध स्विकार गरेका थिए।

सान्टाक्लाराको उच्च अदालतका न्यायाधीशले यस मामिलामा भएको सुनवाइमा मारिएका प्रत्येक बिरालोको नाम पढेर सुनाएका थिए। विशेषज्ञहरुले एक बिरालोबाट यौन उत्पिडनको प्रमाण पनि फेला परेको बताएका थिए। रोबर्टले उक्त अपराध उनले सन् २०१५ मा सानजोसमा गरेको स्विकारेका थिए। सोही वर्षको अक्टोबरमा उनी एउटा मृत बिरालोसँग आफ्नो गाडीमा सुतिरहेको अवस्थामा फेला पारेका थिए। गाडीमा बिरालोको रौं छरिएको थियो।

ती बिरालाहरु सन् २०१५ को पतझड मौसममा सानजोसको क्याम्ब्रियन पार्क क्षेत्रबाट गायब भएका थिए। तीमध्ये थुप्रै मृत अवस्थामा फेला परेका थिए भने केही थुनिएको अवस्थामा भेटिएका थिए। स्थानीयले रोबर्टको बारेमा बताएपछि प्रहरीले उनलाई हिरासतमा लिएर छानबिन गरेका थिए। रोबर्टले जनावरमाथिको अत्याचारका २१ अपराध स्विकार गरे जसमा १८ बिरालो मारेको र तिनीहरुलाई घाइते बनाएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्