बार्सिलोनाका फरवाडर नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने ब्यापक चर्चा, के उनी जालान त पिएसजी ?



काठमाडौ (नेस)
बार्सिलोनाका फरवाडर नेइमारले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने तयारी गरेको बताएका छन् । २५ वर्षका नेइमारले साथी खेलाडीसँग आफू पिएसजी जाने तयारी गरेको बताएको ले पारिसेनलाई उद्धृत गर्दै बेलायती संचार माध्यम डेलिमेलले उल्लेख गरेको छ ।

पिएसजीले नेइमारलाई विश्व कीर्तिमानी मूल्य एक सय ९६ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने तयारी गरेको छ । फ्रान्सेली सञ्चारमाध्यमले पिएसजीले नेइमारका लागि जर्सी पनि तयार पारिसकेको र नेइमारले बार्सिलोनाका केही खेलाडीसँग बिदा पनि मागीसकेको दाबी गरेका छन् ।

तर बार्सिलोनाका व्यवस्थापक एर्नेस्टो भाल्भेर्डेले भने नेइमार पिएसजी जाने हल्ला मात्रै रहेको बताएका छन् । बार्सिलोनाका खेलाडी जाभिएर मास्चेरानोले पनि नेइमार क्लबमै रहने आशा गरेका छन् ।

तर पछिल्लो समय नेइमार पिएसजी जाने चर्चा निकै छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्