दुवै मृगौला फेल भएका रणे दमाईलाई सहयोगको अपिल



 

धनवीर दाहाल, रुकुम
रुकुम बाँफिकोट गाउँपालिका मग्माका रणे दमाईको दुवै मृगौला फेल भएपछि यतिबेला उनलाई सहयोगका लागि परिवारले सबैमा अनुरोध गरेका छन्। रुकुमको साविक मग्मा ३ का ५६ वर्षीय दमाईको आर्थिक अवस्था दयनीय रहेको छ।

सरकारले निःशुल्क मृगौला प्रत्यारोपण गर्ने बताए पनि डाइनोसिस गर्नका लागि रकमको आवश्यक पर्ने भएकाले समस्या भएको परिवारले बताएको छ। उनको अहिले राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा भर्ना गरिएको छ। उनको उपचारका लागि सहयोग गर्न सबै सहयोगी मनहरूमा आग्रह गरिएको उनका भान्जा डिल्ली परियारले बताए।

 

उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं ९८१८६१९९३४ तथा ९८६३६४७८८८ मा सम्पर्क गर्न सक्नुहुनेछ। यसै गरी आर्थिक रुपमा सहयोग गर्न चाहनेहरूका लागी एभरस्ट बैंकमा रहेको खाता नं ०४४००५०१२०५४२५ मा रकम जम्मा गर्न सक्नुहुनेछ भनी आग्रह गरिएको छ।

बिरामी रणे दमाईले आफ्ना बच्चाबच्चीका लागि पनि आफूलाई बचाउन सबैलाई अनुरोध गरेका छन्। आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न धौ–धौ भएको उनलाई यतिबेला सहयोगको खाँचो छ। उनका २ छोरा २ छोरी र एक श्रीमती छन्।

प्रतिक्रिया दिनुहोस्