भक्तपुरमा गुंला पर्वको तयारी सम्पन्न



भक्तपुर, (नेस) । भक्तपुरमा सवा लाख चैत्य बनाउने धार्मिक पर्व गुंला धलं धुमधामका साथ मनाउने तयारी गरेको छ । रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुंला ङकधलं ब्यवस्थापन समितिले सात बर्ष पछि मनाउन थालिएको गुंला पर्वका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको हो ।

समितिका अध्यक्ष जितलाल मानन्धरले गुंला पर्व परापुर्व कालदेखि मानन्धर समुदायले गुंलाथ्व पारु देखि ञलाथ्व पारु अर्थात श्रावण ९ गतेदेखि भाद्र ६ गतेसम्म एक महिनासम्म बिभिन्न धार्मिक कार्य गरि मनाउने गरिएको जानकारी दिनु भयो ।कार्यक्रममा समितिका सचिव रामकृण मानन्धरले गुंला पर्व बुद्ध धर्मवालम्बी नेवारहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको ऐतिहासिक पर्व रहेको जानकारी दिनु भयो । उहाँले गुंला पर्व मनाउनका लागि आर्थिक अभाव रहेता पनि मानन्धर समुदायहरुको सहयोगबाट यो पर्वलाई सम्पन्न गर्न थालिएको जानकारी दिनु भयो ।

प्रत्येक दिन नौ बाजामा चार पाँच बर्षदेखि सत्तरी असी बर्षसम्म समूहका मानिसहरुको सहभागी रहने एक महिने गुंला पर्वमा उपत्यका लगायत आसपासका चैत्य र बिहारका साथै बौद्ध र हिन्दु धार्मिक तिर्थ स्थलहरुको परिक्रमा गरि धंल बनाएको घरमा बिर्सजन गरिने चलन रहेको समेत गरिन उहाँले बताउनु भयो ।
गुंला पर्वका लागि नौ लाख खर्च लाग्ने जानकारी दिँदै एक लाख तिस हजार समितिका सदस्यबाट रकम संकलन गरिएको र अन्य बाँकि चन्दाबाट संकलन गरिएको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।एक महिनासम्म पर्वमा सहभागि रहेका ७० ब्रतालुले नुन नखाई एक छाक मात्र खाएर बस्ने गुंला पर्व अवधिभर बिहान बेलुका पुजा अर्चनाका साथै गुंला ङक धलं नौ बाजाको जीवन्तता समेत दिने परम्परा रहको कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा सहभागी अन्य बक्ताहरुले भक्तपुर कला र संस्कृतिको धनी जिल्ला भएको र कला र संस्कृतिको थप संरक्षण र प्रर्बदनमा मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्वले नौ बाजा लगायत संस्कृतिको संरक्षण टेवा पु¥याएकाले यसको जीवन्तताको लागि सबै पक्षको सहयोगको अपेक्षा रहको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्