एक अर्ब सत्र करोड राजश्व संकलन



मोतीराम तिमल्सिना, काभ्रे ।  आर्थिक वर्ष २०७३÷२०७४ मा जिल्लाको कुल आम्दानी १ अरव १७ करोड ६ लाख ७८ हजार ९ सय १६ रुपैया ९ पैसा राजश्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय धुलिखेलका अनुसार गत आर्थिक वर्षमा सबै भन्दा धेरै आम्दानी गर्ने करदाता सेवा कार्यालय धुलिखेलले ५० करोड ४८ लाख ३५ हजार ८ सय ८५ रुपैया ७४ पैसा संकलन गरेको छ । जिल्ला स्थित सरकारी कार्यालयहरुबाट मात्रै ९० करोड ५८ लाख ८ हजार ३ सय २८ रुपैया आम्दानी भएको छ । ब्यक्तिगत कर, आय कर, भ्याट असुलीमा कडाई गरेको करदाता सेवा कार्यालय अझै ब्यवसायीहरुकोमा पुग्न सकेको छैन । करदाता सेवा केन्द्र पछि जिल्ला मालपोत कार्यालय दोश्रो आम्दानी गर्ने कार्यालयका रुपमा चिनिएको छ ।

त्यस्तै करदाता सेवा केन्द्रले २४ करोड ५४ लाख १३ हजार ५ सय ८८  मालपोत कार्यालय काभ्रेले ३० करोड ५० लाख संकलन गरेको छ भने जिल्ला प्रशासन कार्यालय काभ्रेले ४ करोड ४६ लाख ३५ हजार १९ रुपैया संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालयले ट्राफिक राजश्व मार्फत १ करोड ९४ लाख ५७ हजार आम्दानी गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालय काभ्रेले १ करोड ३९ लाख २७ हजार २ सय ६० आम्दानी गरेको छ ।

त्यस्तै जिल्ला अदालत काभ्रेपलाञ्चोकले ५६ लाख ८५ हजार ९ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयले ८१ लाख ६ हजार ७ सय ७८ रुपैया संकलन गरेको छ । जिल्ला निर्वाचन कार्यालयले ७९ हजार ४ सय १०, जिल्ला अयाोजना कार्यान्वयन ईकाईले ५ लाख ८८ हजार ४ सय ८३, कोष तथा लेखा नियन्त्रक कार्यालयले १ लाख ४३ हजार ७ सय ६८, जिल्ला कृषि विकास कार्यालयले ९ लाख ३८ हजार ४ सय ४३, रेशम खेति विकास समितिले १ लाख ४१ हजार ६ सय ५०, मसला बालि विकास केन्द्रले १० लाख ९२ हजार ४६, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २ लाख २६ हजार २ सय ५७, अञ्चल प्रहरी कार्यालय बाग्मतीले ८९ हजार १ सय ३८ रुपैया आम्दानी गरेका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले १ लाख ५८ हजार ८ सय ४९, राष्ट्रिय अनुसन्धान कार्यालयले ५ हजार ४ सय ९५, कारागार कार्यालयले ५ हजार, जिल्ला पशु सेवा कार्यालयले २ लाख ३४ हजार ७ सय ३० रुपैया आम्दानी गरेको छ । जिल्ला बन कार्यालयले ८ लाख ७६ हजार ९ सय ५१, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले ४३ लाख ८५ हजार १ सय ५७, नापी कार्यालय धुलिखेलले ५३ लाख ९८ हजार ४ सय ३५, नापी कार्यालय बनेपाले ४७ सय ५५, महिला तथा बालबालिका कार्यालयले ६ सय ९६, २६ नम्वर बाहिनी १ लाख ६४ हजार ४ सय, शहरी विकास तथा भवन डिभिजन कार्यालय ७ लाख ५१ हजार ५ सय ७९, विरेन्द्र शान्ति कार्य पाँचखाल २० हजार २ सय ३५, विष्णु दल गण धुलिखेलले ३० हजार ५ सय ५२ रुपैया आम्दानी गरी राजश्व बुझाएका छन् ।
त्यस्तै शैक्षिक तालिम केन्द्र २ लाख १८ हजार ८ सय ४०, डिभिजन सहकारी कार्यालय २ लाख ८२ हजार, मध्यमाञ्चल सिंचाई कार्यालय २ लाख ६२ हजार ८७, भूमिगत जल सिंचाई कार्यालय ६० हजार १ सय, जिल्ला हुलाक कार्यालय ३१ लाख २८ हजार ५ सय १३, जिल्ला विकास समितिको कार्यालय २५ लाख ५७ हजार ५ सय ६२, जिल्ला प्राविधिक कार्यालय ३१ हजार १ सय, जिल्ला समन्वय समितिको कार्यालय ४ लाख ९३ हजार ६ सय २०, खानीखोला गाउँपािलका १६ हजार, जिल्ला स्वास्थ्य कार्यालय १० लाख ३० हजार ६ सय ७४, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र १७ हजार, मेथिन्कोट अस्पताल ६५ हजार ६ सय ४७ र शाखा तथ्याङ्क कार्यालय २५ हजार ९ सय २ रुपैया आम्दानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्